५ हजार ७ सय वर्ष पुरानो चुइङ्गमले ढुङ्गे युगकी महिलाको डिएनए खोजियो

डेनमार्कको सिलथोलममा उत्खननको क्रममा ५ हजार ७ सय वर्ष पुरानो ‘चुइङ्गम’ भेटियो । अनुसन्धानकर्ता यसको मद्दतले ढुङ्गे युगकी एक महिलाको डिएनए पत्ता लगाउन सफल भएका छन् । मानव हड्डीबाहेक अन्य नमुनाबाट एउटा युगको व्यक्तिको डिएनए पत्ता लगाइएको यो पहिलो घटना हो । जुन महिलाले चुइङ्गम चपाएकी थिइन्, उनको कालो कपाल र कालो वर्ण भएको र आँखा निलो भएको वैज्ञानिकले जानकारी दिएका छन् ।
अनुसन्धानकर्ताले ढुङ्गे युगकी ती महिलाको नाम लोला राखेका छन् । अनुसन्धानकर्ताका अनुसार लोला जहाँ बस्थिन् त्यहाँका मानिसहरु मुख्य रुपमा माछा समात्ने काम गर्दथे र जीविका चलाउनका लागि शिकार गर्दथे । यो अध्ययन जर्नल नेचर कम्युनिकेशनमा प्रकाशित गरिएको छ ।
Artistic reconstruction. (Tom Björklund)
मुखमा भएको किटाणुबारे पनि पत्ता लाग्योः
शोधकर्ताका अनुसार रुख तातेपछि त्यसको बोक्राबाट निस्कने र्यालजस्तो पदार्थ ती महिलाले चपाएकी थिइन् जसलाई अहिले ‘चुइङ्गम’ नाम दिइएको छ । यसमार्फत् उनको मुखमा भएको किटाणुबारे पनि पत्ता लगाइएको छ । यो खोजमार्फत् वैज्ञानिकले ती किटाणु हज्जार वर्षमा कसरी परिवर्तन हुन्छ र भविष्यमा कसरी विकसित हुनसक्छ भनेर थाहा पाउन मद्दत गर्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?