बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

५ हजार ७ सय वर्ष पुरानो चुइङ्गमले ढुङ्गे युगकी महिलाको डिएनए खोजियो

शुक्रबार, ०४ पुस २०७६, १० : ४९
शुक्रबार, ०४ पुस २०७६

डेनमार्कको सिलथोलममा उत्खननको क्रममा ५ हजार ७ सय वर्ष पुरानो ‘चुइङ्गम’ भेटियो । अनुसन्धानकर्ता यसको मद्दतले ढुङ्गे युगकी एक महिलाको डिएनए पत्ता लगाउन सफल भएका छन् । मानव हड्डीबाहेक अन्य नमुनाबाट एउटा युगको व्यक्तिको डिएनए पत्ता लगाइएको यो पहिलो घटना हो । जुन महिलाले चुइङ्गम चपाएकी थिइन्, उनको कालो कपाल र कालो वर्ण भएको र आँखा निलो भएको वैज्ञानिकले जानकारी दिएका छन्  ।

अनुसन्धानकर्ताले ढुङ्गे युगकी ती महिलाको नाम लोला राखेका छन् । अनुसन्धानकर्ताका अनुसार लोला जहाँ बस्थिन् त्यहाँका मानिसहरु मुख्य रुपमा माछा समात्ने काम गर्दथे र जीविका चलाउनका लागि शिकार गर्दथे । यो अध्ययन जर्नल नेचर कम्युनिकेशनमा प्रकाशित गरिएको छ ।

Artistic reconstruction. (Tom Björklund)

मुखमा भएको किटाणुबारे पनि पत्ता लाग्योः

शोधकर्ताका अनुसार रुख तातेपछि त्यसको बोक्राबाट निस्कने र्‍यालजस्तो पदार्थ ती महिलाले चपाएकी थिइन् जसलाई अहिले ‘चुइङ्गम’ नाम दिइएको छ । यसमार्फत् उनको मुखमा भएको किटाणुबारे पनि पत्ता लगाइएको छ । यो खोजमार्फत् वैज्ञानिकले ती किटाणु हज्जार वर्षमा कसरी परिवर्तन हुन्छ र भविष्यमा कसरी विकसित हुनसक्छ भनेर थाहा पाउन मद्दत गर्ने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप