शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बसको ठक्करबाट एकको मृत्यु

शुक्रबार, ०४ पुस २०७६, ०९ : ४४
शुक्रबार, ०४ पुस २०७६

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा इलाम घर भई हाल कनकाई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेल रहेका छन् । बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज बिहान बिर्तामोडस्थित पश्चिम वस स्टयाण्ड नजिकै ना ४ ख ६११६ नम्वरको वसले ठक्कर दिएको थियो । 

बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप