काँग्रेस नेता भण्डारी पीएचडी उपाधिबाट दीक्षित

काठमाडौं । त्रिविको ४५ औँ दिक्षान्त समारोहमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी पनि दीक्षित भएका छन् । बिहीबार पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा भएको त्रिविको ४५ औँ दिक्षान्त समारोहमा उनी विद्यावारिधि (पीएचडी)उपाधिबाट दीक्षित भएका हुन् ।
दिक्षान्त समारोहमा सहभागी भएर विद्यावारिधि उपाधिबाट दीक्षित हुन पाउदा हर्षित भएको भन्दै नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट खुसी व्यक्त गरेका छन् ।
‘भुवन विश्विद्यालयको ४५औं दिक्षान्त समारोहमा सहभागी भई विद्यावारिधि उपाधिबाट दिक्षित हुन पाउदा हर्षित छु । यसले मेरो देशका घेरै अंगहरुलाई राम्रोसँग चिन्ने मौका मिल्यो। त्रिविका सम्पूर्ण पदाधिकारी, मेरा गुरूवर्ग र मलाई सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार,’ उनले लेखेका छन् ।
आज ४५ औँ दीक्षान्तमा २०७५ असार १ गतेदेखि २०७६ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका ७० हजार ७७ जना विद्यार्थीहरु दीक्षित भएका थिए । जसमा व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भए भने मानविकी संकायतर्फ २ हजार ९१, इञ्जिनियरिङमा १ हजार १८६, विज्ञानतर्फ १ हजार ९८ र चिकित्सातर्फ ८६४ जना विद्यार्थीहरू दीक्षित भएका छन्।
यता कानुनमा १८०, वन विज्ञानमा ३३, कृषि तथा पशु विज्ञानमा १३२, शिक्षामा ७७१, जना स्नातकोत्तर र स्नातक तह उत्तिर्ण विद्यार्थी दीक्षित भएका हुन्। यस्तै विद्यावारिधि (पीएचडी) मा ८५ र एमफिलमा ४० जना दीक्षित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको गतिविधि हेरेर छक्क परेर बस्ने छुट हामीलाई छैन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?