सबै कुरामा पार्टीले सरकारलाई नेतृत्व गर्नुपर्छ : वरिष्ठ नेता खनाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले सबै कुरामा पार्टीले सरकारलाई नेतृत्व गर्नुपर्नेमा जोड दिएका छन् । विहीबारको स्थानीय कमिटी बैठकमा नेता खनालले तीनै तहको सरकारको समग्र समिक्षा गरेर सबै कुरामा पार्टीले सरकारलाई नेतृत्व गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले भने, ‘पार्टी विधि र पद्धति अनुरुप चलाउनु पर्छ । विधानलाई सबैले पालना गरेर पार्टीमा देखिएको गुटबन्दीको रोगबाट पुर्णरुपले मुक्तहुन जरुरी छ ।’ उपचुनावका परिणामबाट राम्ररी शिक्षा ग्रहण सरकार र पार्टीले नयाँ नीति लिनुपर्ने नेता खनालले बताए ।
उनले भने, ‘पार्टीले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, संचार, यातायात लगायतका सबै क्षेत्रमा नयाँ नीतिअघि सार्नुपर्छ । पार्टीलाई बैचारीक रुपले रुपान्तरण गरेर बहुआयामिक रुपमा पार्टी निर्माण कार्यलाई तीव्रता दिन जरुरी छ ।’
०६२,६३ को जनक्रान्तिमार्फत पुँजिवादी-जनवादी क्रान्ति पुरा भएको भन्दै समाजवादी क्रान्तिको नयाँ युग शुरु भएको नेता खनालको भनाइ थियो । नेपाली समाजको प्रधान अन्तरबिरोधहरु नयाँ शिराबाट निक्र्योल गरेर पार्टीको कार्यदिशा र नीतिहरुलाई तद्नुरुप परिस्कृत गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत नखुलेको ७ लाख रकमसहित एक जना पक्राउ
-
हिउँपहिरोमा दुई जना बेपत्ता
-
दादुराका कारण अमेरिकामा दोस्रो बालकको मृत्यु
-
अमेरिकामा बालिकाहरूमाथि चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले हान्यो गोली
-
भारत नेपालमा गणतन्त्रको पक्षमा छ : सभापति देउवा
-
पेन्गुइन र सिल मात्रै बस्ने टापुमा लगाइएको ट्यारिफबारे यसो भन्छ अमेरिका