पेस्तोल गायव प्रकरणः प्रहरी जवानका प्रेमी पक्राउ
बिहीबार, ०३ पुस २०७६, १८ : ५५

काठमाडौँ । विवादका क्रममा प्रहरी जवान समेत रहेकी प्रेमिका रनिता केवटको पेस्तोल लिएर फरार रहेका प्रेमीलाई प्रहरीले पक्राउ परेका छन् ।
बिहीबार जनकपुरको रामपुरबाट प्रहरी जवान केवटका प्रेमी शिवेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
केवट उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेको पीएसओ हुन् । आपसी विवादका क्रममा केही दिन पहिले यादवले केवटको पेस्तोल लिएर फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले यादवलाई एक थान चाइनिज पेस्तोल, ७ राउण्ड गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।
प्रहरीले केवटलाई भने यसअघि नै नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अक्षय तृतीया : दर्शनार्थीका लागि डोलेश्वरमा चारै ढोका खुल्ला
-
ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तर्देशीय शिक्षासम्बन्धी अनुसन्धान सार्वजनिक
-
पशुपति क्षेत्र विकास कोषको ऐन समय सापेक्ष परिमार्जन गर्छौँ –मन्त्री पाण्डे
-
कञ्चनपुरको लालझाडीमा एक युवक मृत फेला
-
‘डिजिटल प्रविधिको लत जसरी सोचेभन्दा कैयौँ गुणा भयानक’ : यादव भट्टराई
-
शिक्षक आन्दोलनसम्बन्धी रिटमाथि सुनुवाइ सकियो