बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

बिहीबार, ०३ पुस २०७६, १६ : ५९
बिहीबार, ०३ पुस २०७६

काठमाडौँ । राजधानीबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चोरीको घटना बढेसँगै प्रहरीले पनि बिशेष अप्रेसन सञ्चालन गर्दै आइरहेको छ । 

सोही क्रममा महानगरीय प्रहरी वृत कीर्तिपुरले चोरीका ९ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको हो । बजाजको २२० सिसि पल्सर मोटरसाइकल चोरी गर्ने ११ जनासहित ९ मोटरसाइकल बरामद भएको कीर्तिपुरका प्रहरी प्रमुख छेदीलाल कामतीले बताए । 

कामतीका अनुसार पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–२ मैत्रिनगर बस्ने २४ वर्षीय मदन तामाङ, चितवनको भरतपुर महानगरपालिकाका २५ वर्षीय सोम सुनार, मकवानपुरको बाग्मती गाउँपालिकाका २२ वर्षीय सन्देश गोले रहेका छन् । 

त्यसैगरी पक्राउ पर्नेमा नवलपरासीका २८ वर्षीय भरत थापा र चन्द्रागिरीका २२ वर्षीय रिक्जेन मोक्तान, काभ्रेका २५ वर्षीय इन्द्रबहादुर तामाङ, सिन्धुलीका २४ वर्षीय विक्रम भुजेल, काभ्रका २९ वर्षीय गणेश लामा, चितवनका २० वर्षीय सन्दीप गुरुङ रहेका छन् । 

उनीहरुले नागार्जुन नगरपालिका–४ बाफलबाट बा८४प ११४२ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल गत मंसिर १२ गते चोरी गरेको खुल्न आएको कीर्तिपुर वृत्तका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए । 

केसीका अनुसार चोरी गरेका बा६७प ६३७१ नम्बरको २२० सिसीको मोटरसाइकल, बा७५प १७९४ नम्बरको २२० सिसीकै पल्सर, बा९४प ३६४५ नम्बरको पल्सर, बा४३प ८०७४ र बा६६प २३३८ नम्बरको मोटरसाइकल बरामद गरिएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप