मन्त्रिपरिषद बैठकका २१ निर्णयः उपरथीहरुको सरुवा–बढुवादेखि सीआइवीको म्याद थपसम्म
काठमाडौं । सरकारले नेपाली सेनाका ३ उपरथीहरुको सरुवा गर्ने निर्णय गरेको छ । मंसिर ३० गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले सेनाका सहायक रथि निर्मलकुमार थापालाई उपरथि, महासेनानी नारायण सिलवाललाई सहायक रथि र प्रमुख सेनानीद्वय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानीमा पदोन्नती गर्ने निर्णय समेत गरेको छ । त्यस्तै महासेनानी दिप सिंह र प्राविधिक महासेनानी डा.अमित जोशीको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।
त्यस्तै बैठकले निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका २ जना अधिकृतलाई सरुवा गर्ने निर्णय पनि गरेको छ । सुदुर पश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव बालकृष्ण घिमिरेलाई सुदुरपश्चिम प्रदेशमा सरुवा गरिएको छ ।
बैठकले सरकारी सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) को छानविन समितिको म्याद २०७६ मंसिर२८ देखि पुस २८ सम्मका लागि एक महिना थप गर्ने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई