शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रभुु क्यापिटल र समृद्धि क्यापिटल एक आपसमा गाभिने, चुक्ता पूँजी ८० करोड भन्दा बढी

बिहीबार, ०३ पुस २०७६, १६ : ०३
बिहीबार, ०३ पुस २०७६

काठमाडौं– प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिने भएका छन् । 

नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल र समृद्धि क्यापिटल एक आपसमा गाभिई कारोबार गर्ने प्रस्ताव सहित मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा प्रभु क्यापिटका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटलका अध्यक्ष एल.पी. भानु शर्माबीच हस्ताक्षर भएको हो ।

मर्जर पश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमती भएको र मर्जर पश्चात ८० करोड भन्दा बढी चुक्ता पूँजी हुने छ । हाल नेपालमा धितोपत्र बोर्डबाट अनुमतीपत्र प्राप्त मर्चेन्ट बैंकरको संख्या ३१ रहेको र मर्चेन्ट बैकिङ्ग व्यवसायमा अत्याधिक प्रतिष्पर्धा रहेकोले ठूलो पूँजी सहित सवल संस्था मार्फत प्रतिष्पर्धी सेवा प्रदान गर्ने उद्देश्य सहित मर्जरका लागी अगाडी बढाईएको र यस बाट अन्य संस्थालाई पनि मर्जरमा जानको लागी प्रेरित गर्ने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप