मेक्सिकोमा सडक दुर्घटनाः एउटै परिवारका १४ जनाको मृत्यु
बिहीबार, ०३ पुस २०७६, १५ : ४७

एजेन्सी । मेक्सिकोमा भएको सडक दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये पाँच जना बालबालिका रहेका छन् । बुधबार भएको यस दुर्घटनामा अरु १२ जना घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ ।
एउटा ट्रकसँग बस ठोक्किएपछि भएको आगलागीमा परी यो हताहत भएको अधिकारीहरुले जनाएका छन् । बसमा एउटै परिवारका व्यक्तिहरु रहेका थिए ।
गौन्जौटोबाट पुएर्टो भाल्लार्तातर्फ गइरहेका सो बस दुर्घटना भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस घटनामा घाइते भएकाहरुलाई तत्कालै उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । –सिन्ह्वा/Photo: AFP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा