शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीका विद्यालय दुई दिन बन्द

बिहीबार, ०३ पुस २०७६, १५ : १५
बिहीबार, ०३ पुस २०७६

कञ्चनपुर ।  धनगढी उपमहानगरपालिकाले चिसोका कारण उपमहानगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बिदा दिने आज निर्णय गरेको छ ।

केही दिनदेखि आएको मौसमी खराबीका कारण अत्याधिक चिसो बढ्न गई नियमित विद्यालय सञ्चालन गर्न कठिनाई भएकाले यही ३ र ४ गते विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सामुदायिक र संस्थागत विद्यालयमा वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी आज बिहान मात्रै विद्यालय बिदा दिने निर्णय गरिएको उपमहानगरपालिकाले  जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप