केन्द्रीय संस्करण
सन्दर्भ : नातिकाजीको ९५ औँ जन्मजयन्ती सम्झनामा नातिकाजी

‘नातिकाजी इज अ डाइमन्ड म्यान’ : शम्भुजित बास्कोटा

personaccess_timeDec 19, 2019 chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

स्वर्गीय नातिकाजी नेपाली सङ्गीतका एक चर्चित व्यक्तित्व थिए । उनी गायक, गीतकार तथा सङ्गीतकार पनि हुन् । नेपाली साङ्गीतिक आकाशमा ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे’, ‘फूलको थुँगा बगेर गयो पानीमा’, ‘वनमा फुल्यो फूलै फूल’ जस्ता उनले कैयौँ कालजयी गीत दिएका छन् ।

ललितपुरको पुल्चोकमा विसं १९८२ पुसमा जन्मिएका श्रेष्ठको निधन विसं २०६० कात्तिक १६ गते भएको थियो । आफ्नो जीवनको सम्पूर्ण भाग नेपाली सङ्गीतको आराधनामा समर्पित उनलाई नेपाली सङ्गीतको शङ्कराचार्य समेत भन्ने गरिन्छ ।

नेपालीको घर आँगनका गीत कोर्ने, सङ्गीत गर्ने र गाउने नातिकाजी सरल जीवन र उच्च विचारका कुवेर थिए । उनको सरलताको धेरै तारिफ गर्छन् । उनीबाट धेरैले पाठ सिकेका छन् भने उनको महानताको धेरैले गुणगाउन गाउने गर्दछन् । ती मध्यका एक व्यक्ति हुन् शम्भुजित बाँस्कोटा । भर्सनटाइल, विशिष्ठ सङ्गीतकर्मी तथा हालै यूएईमा ‘सङ्गीत सितार’ उपाधि विजेता सङ्गीतकार शम्भुजित बास्कोटा सङ्गीतका महर्षि नातिकाजी श्रेष्ठको आज परेको ९५औँ जन्मजयन्तिको अवसरमा उनको सम्झना यसरी गर्छन् ।    

विसं २०२८ मा गायनमा लाग्ने उद्देश्यले रेडियो नेपालमा स्वर परीक्षाका लागि गएको थिए । सो समय नातिकाजी दाइसँग मेरो पहिलो भेट भयो । रेडियोमा उहाँले नै मेरो स्वर परीक्षा लिनुभएको थियो । त्यही बेलादेखि मैले नातिकाजी भनेर उहाँलाई चिन्ने अवसर पाएँ ।

हुन त त्योभन्दा अगाडि पनि उहाँसँग धेरै पटक देशभेट भएको थियो । नाचघरका कार्यक्रमहरु र अन्य कार्यक्रममा । कार्यक्रममा सबैले नातिकाजी नातिकाजी भन्थे । नातिकाजीको अनुहार त मनमा थियो । तर कस्तो व्यक्ति केही थाहा थिएन ।


त्यसो त म सानोमा रेडियो नेपालको बाल कार्यक्रमा जाँदा पनि नातिकाजीको नाम धेरै सुन्थें। को मानिस भनेर चिन्न सकेको थिइनँ । सो समय नातिकाजी भनेर नमस्ते गर्दा कहिले शिव शङ्कर रिजाल, कहिले बच्चुकैलाशलाई पर्थ्यो । रेडियो नेपालको जताततै उहाँको नाम सुनिन्थ्यो । तर व्यक्ति यही हो भन्ने थाहा थिएन ।


त्यसो त म सानोमा रेडियो नेपालको बाल कार्यक्रमा जाँदा पनि नातिकाजीको नाम धेरै सुन्थें। को मानिस भनेर चिन्न सकेको थिइनँ । सो समय नातिकाजी भनेर नमस्ते गर्दा कहिले शिव शङ्कर रिजाल, कहिले बच्चुकैलाशलाई पर्थ्यो । रेडियो नेपालको जताततै उहाँको नाम सुनिन्थ्यो । तर व्यक्ति यही हो भन्ने थाहा थिएन ।

जब मेरो स्वर परीक्षा लिनुभयो, उहाँलाई राम्रोसँग चिन्ने अवसर पाएँ । रेडियोमा कहिले दौरासुरुवाल, शिरमा कालो टोपी ढल्काएर त कहिले  कोटपाइन्ट टल्काएर आउनुहुन्थ्यो ।

स्वर परीक्षामा मेरो आधुनिकबाट थियो । तर मेरो आवाज सुनेर उहाँले भन्नुभयो, ‘तिम्रो आवाज अन्यको भन्दा अलग्गै छ । लोकगीत गाउँदा पनि राम्रो हुन्छ । आधुनिक त धेरै राम्रो छदै छ भन्नुभयो ।’ उहाँको प्रसंशासहित म स्वर परीक्षामा पास भएँ ।

उक्त समय गीत रेकर्ड गर्न, स्वर परीक्षा दिन रेडियो नेपाल मात्र थियो । जसको नेतृत्व नातिकाजी दाइले गर्नुभएको थियो । त्यहाँ रेकर्डिङ लागि स्टुडियो मिलाउन निकै गाह्रो हुन्थ्यो ।

२०२८ तिर म सङ्गीत पनि गर्थें । स्वर परीक्षा पास भएपछि आफ्नो सङ्गीतमा गायक बीके रानाको स्वरमा ‘मेरी माया मैले के गर्ने’ भन्ने गीत रेकर्ड गराए । उक्त गीत अहिले रेडियो नेपालमा छ कि छैन, थाहा छैन । तर गीत रेकर्ड गर्दा नातिकाजी दाइले ओहो राम्रो गाना रहेछ भाइ भनेर मलाई भन्नुभएको अहिले पनि कानमा गुन्जिन्छ, जब उहाँको जन्म जयन्ती आउँछ ।


स्वर परीक्षा पास भएपछि आफ्नो सङ्गीतमा गायक बीके रानाको स्वरमा ‘मेरी माया मैले के गर्ने’ भन्ने गीत रेकर्ड गराए । उक्त गीत अहिले रेडियो नेपालमा छ कि छैन, थाहा छैन । तर गीत रेकर्ड गर्दा नातिकाजी दाइले ओहो राम्रो गाना रहेछ भाइ भनेर मलाई भन्नुभएको अहिले पनि कानमा गुन्जिन्छ, जब उहाँको जन्म जयन्ती आउँछ ।


२०२८ पछि रेडियोमा गीत रेकर्डका लागि डेट मिलेने ।  २०३० सालसम्म फेरि एकै दिन दुई गीत रेकर्ड गरँे । नातिकाजी दाइले त्यो दुवै गीत सुन्नुभयो ।

यो समय म गायनमा बढी सङ्गीतमा कम थिए । आफूले गायको गीतको सङ्गीत भने आफैले गर्थे ।

नातिकाजीसँग बारम्बार भेट

विसं २०३३ बाट म गाउनेभन्दा पनि लेख्ने र सङ्गीत गर्नेमा व्यस्त हुनथाले । त्यसपछि नातीदाइसँग बारम्बार भेट हुन थाल्यो । रेडियो नेपालमा उहाँको कक्ष छुट्टै थियो । त्यहाँ कमैले प्रवेश पाउँथे । तीमध्येमा म पर्दथेँ । कहिलेकाहीँ रेडियोको स्टुडियो गीत रकेर्डका लागि डेट नमिल्दा उहाँसँग डिस्कस पनि हुन्थ्यो । रेकर्ड भएका मेरो गीत रेडियो नेपालमा स्रोताले फर्माइस पनि बज्थ्यो । भेटमा क्या हो भाइ तिम्रो गीत त स्रोताको फर्माइसमा निकै आउँछ पनि भुन्नुहुन्थ्यो । म दङ्ग पर्थें ।

बोल्नेशैली भिन्नै

मैले त्यो दिन भुलेको छैन । नातिदाइ अफिस होन्डा मोटरसाइकलमा आउनुहुन्थ्यो । उहाँको बोल्नेशैली अरूभन्दा भिन्न थियो । उहाँको संरक्षमा रेडियो नेपालका सबै व्यक्ति अनुशासित भए । रेडियोमा रेकर्डिङको डेट नपाउँदा धेरैको चित्त बुझ्दैन थियो । कोही भ्वाइस टेस्ट फेल भएका कारण पनि उहाँसँग रिसाउँथे । डेट नपाएर कारण उहाँलाई धेरैले बाहिर बसेर गाली गर्थे । कहिलेकाहीँ म पनि रिसाउँथे ।

नाति दाइको दुई काममा विशेष योगदान छ । एउटा रेडियो नेपाललाई अनुशासित बनाउने । अर्काे भ्वाइस टेस्ट गराएर सुरमा गीत गाउन लगाउने र त्यसमा बाध्यबाधनको राम्रो संयोजना गर्ने ।

रेडियोमा उहाँको नेतृत्वमा शिव शङ्कर रिजाल, पुष्प नेपाली, कोहिली देवी, रामभाइ, हरिबहादुर रन्जित, फत्तेमान राजभण्डारी र बच्चुकैलाश लगायतको टिम त थियो । त्यसको प्रतिफल रेडियो नेपालबाट बनेका राम्रा राम्रा कालजयी गीतहरु आज सुन्न सकिन्छ ।

योगदानको चर्चा गर्न सकिँदैन

०३४ पछि मेरो उहाँसँग हिमचिम बाक्लै हुन थालेको थियो । भेटमा सङ्गीतका कुराहरु हुन्थ्यो । त्यो समय रेडियोमा धेरै गीतहरु आउँथे । गीतहरु रेडियोले धेरै सेन्सर गथ्र्यो । यो विषयमा उहाँ भन्नुहुन्थ्यो, ‘सबै कुरा एकैचोटि छाडा छोडिदियो भने खत्तम भइहाल्छ नि भाइ । यसलाई कन्ट्रोलमा राख्न सक्यो भने मात्र राम्रो हुन्छ ।’


त्यो समय रेडियोमा धेरै गीतहरु आउँथे । गीतहरु रेडियोले धेरै सेन्सर गथ्र्यो । यो विषयमा उहाँ भन्नुहुन्थ्यो, ‘सबै कुरा एकैचोटि छाडा छोडिदियो भने खत्तम भइहाल्छ नि भाइ । यसलाई कन्ट्रोलमा राख्न सक्यो भने मात्र राम्रो हुन्छ ।’


अहिले बजारमा विभिन्न छाडा गीत भित्रिएको देख्दा उहाँको सो कुरा सम्झन्छु म । त्यतिबेला के भनेको होला भनेर सोच्थे । अहिले बुझे । उहाँ सङ्गीतकारको अलवा गीतका शब्द बुझ्ने साहित्यकार पनि हुनुहुन्थ्यो ।

उहाँको विशेषता भन्नु नै मेलोडियस् हो । उहाँ नेपाली माटो मिसिएको सुगम सङ्गीतको क्षमता भएको व्यक्ति हुनुहुन्थ्यो । कहिलेकाहीँ गीतसङ्गीतमा पाश्चात्य सङ्गीत, पूर्वीय संगीत , भारतीय सङ्गीत लगायत कुनै पनि छिमेकी सङ्गीत मिल्न गयो भने करेक्सन गर्ने क्षमता पनि राख्नुहुन्थ्यो । सबै बाध्यबाधकलाई एउटा बिन्दुमा राखेर काम गराउन सक्ने क्षमताका धनी हुनुहुन्थ्यो ।

जतिबेला गीत रेकर्डका लागि रेडियो नेपाल मात्र विकल्प थियो । त्यसबाट हजारौँ गायक गायिका निस्किन्थे । राम्रा गायक मात्र बाहिर निस्कन सक्ने वातावरण बनाउन सक्ने व्यक्ति उहाँ हो ।

२००७ साल अगाडि नेपाली गीत रेकर्डका लागि भारत लगायत विभिन्न ठाउँमा जानुपथ्र्याे । सबैलाई सहज रूपमा रेडियोमा ल्याएर गीत रेकर्डिङ गर्ने वातावरण उहाँले नै बनाउनुभयो । उहाँ आफै गीत गाउनुहुन्थ्यो, बनाउनुहुन्थ्यो । उहाँको योगदान अहिले चर्चा गरेर सकिन्न । उहाँ नयाँपुस्ता पनि मन पराउनु हुन्थ्यो । लोक गीतमा पनि रमाउनु हुन्थ्यो । गीत सङ्गीतमा सबै विधा समेट्न खोज्नु हुन्थ्यो । पशुपतिको छेउमा बसेको व्यक्ति उहाँ । भजन पनि धेरै गर्नुभएको छ ।

सङ्गीतका महारथी

https://www.facebook.com/

उहाँ मानिस नै मेलोडियस टाइपको हुनुहुन्थ्यो । उहाँका सङ्गीत एकसेएक छन् । ‘फूलको थुँगा बगेर गयो पानीमा’, ‘बनमा फुल्यो फूलै फूल’लगायत धेरै गीत उहाँका हिट छन् । उहाँले चलचित्रमा पनि राम्रा गीत दिनुभएको छ । उहाँको सुगम सङ्गीतमा पनि राम्रो थियो । उदाहरणको रूपमा ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे’, ‘तिमी आउँछौ भन्ने आसै आसमा’ गीतलाई लिन सकिन्छ ।


उहाँका सङ्गीत एकसेएक छन् । ‘फूलको थुँगा बगेर गयो पानीमा’, ‘बनमा फुल्यो फूलै फूल’लगायत धेरै गीत उहाँका हिट छन् । उहाँले चलचित्रमा पनि राम्रा गीत दिनुभएको छ । उहाँको सुगम सङ्गीतमा पनि राम्रो थियो । उदाहरणको रूपमा ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे’, ‘तिमी आउँछौ भन्ने आसै आसमा’ गीतलाई लिन सकिन्छ ।


गीतकार यादव खरेल, किरण खरेल, भावुक, चाँदनी शाह, जी शाह, मवीबि शाहलगायतका सबै प्रकारका गीतकारका गीतहरुमा उहाँले गरेको सङ्गीत कल्पना गर्न नसकिने मेलोडियस् पाउन सकिन्छ । उहाँ एउटा नेपालको सुगम सङ्गीतका महारथी हुन् ।

 ‘नातिकाजी इज अ डाइमन्ड म्यान’

उहाँ पूर्ण रूपमा लोकसङ्गीतमा भने लाग्नुभएन । तर लोक फ्लेबरको गीत भने रुचाउनु हुन्थ्यो । उहाँको गीतमा नेपालीपन हुन्थ्यो । उहाँको स्वर लोक टाइपको थियो । उहाँले धेरै गीत पनि गाउनुभएको छ । गीत गायनभन्दा पनि सङ्गीत धेरै गर्नुभएको छ । रेडियोको स्टुडियोको डेट लिने भिडले गर्दा कतिपय व्यक्तिका लागि उहाँ नराम्रो मानिस हुनुभयो होला ।

तर उहाँ सबैसँग मिल्नसक्ने हुनुहुन्थ्यो । व्यक्तिगत रूपमा भन्नु पर्दा नातिकाजी ‘इज अ डाइमन्ड म्यान’ । सबैसँग मिल्ने, खानपिन गरेर रमाइलो गर्नुपर्ने सङ्गीतका एक हस्ती  ।

के सिक्ने

नातिकाजी दाइबाट अहिलेका पुस्ताले धेरै सिक्न सकिन्छ । सिक्नु पनि पर्छ । उहाँ साधना गरेर गीतसङ्गीत सिर्जना गर्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँबाट शब्दका व्याकरणदेखि लिएर शुद्धता, मेलोडीपन लगायत धेरै कुरा सिक्न सकिन्छ । उहाँका सिर्जना अहिले पुस्ताका लागि विश्वविद्यालय जस्तै हुन् । गाउने तरिका, गाउन लगाउने तरिका, शब्दका उच्चारण, शब्द छनोट, कस्तो शब्दमा कस्तो मेलोडी भन्ने कुरा उहाँको गीतबाट धेरै ज्ञान लिन सकिन्छ ।

Title photo: https://alchetron.com/Nati-Kaji

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...