
डीएभी शुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयले मनायो २७ औं वार्षिकोत्सव

ललितपुर– डी.ए.भी. शुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयले भव्यताको साथ विद्यालयको २७ औं वार्षिकोत्सव समारोह आयोजना गरेको छ ।
यही पुस २ गते बुधबार दिउँसो २ः४५ बजे ललितपुर जाउलाखेलस्थित डी.ए.भी. शुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयमा भव्यताका साथ वार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रममा नेपालस्थित भारतीय राजदूताबासका डेपुटी चिफ अफ मिसन डा. अजय कुमारको उपस्थिति रहेको थियो ।
यस सँगसँगै विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्मका विभिन्न विधाका विद्यार्थीहरूलाई वार्षिक पुरस्कार मार्फत सम्मान गरिएको थियो ।
विश्व साहित्य, संस्कृती, भाषा र कला क्षेत्रमा संग्लग्न मिडियाकर्मीहरुको लागि विश्व साहित्यमा लिखित तर लोपोन्मुख अवस्थामा रहेका सांस्कृतिक धरोहर र सम्पदाहरू सम्मिलित सांगितिक नाट्य यात्रा जीवनको विलक्षण अनुभब गरिएको थियो ।
सांस्कृतिक कार्यक्रमका वर्षभरिकै छानिएका र तिखारिएका सर्वोत्कृष्ट विद्यार्थीहरुको प्रदर्शन रहेको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ