११ वर्षपछि ‘बन्टी र बबली’ बनेर ठगी गरिरहेको देखिनेछन् सैफ अली खान र रानी मुखर्जी

यश राज फिल्म्सको नयाँ फिल्म ‘बन्टी और बबली टु’ को घोषणा भइसकेको छ । यसपटक ठगको भूमिकामा सिद्धान्त चतुर्वेदी र शरवरी मुख्य भूमिकामा देखिनेछन् । यसका साथै फिल्ममा अर्का एक ठग जोडी पनि देखिनेछन् । यसमा सैफ अली खान र रानी मुखर्जी पक्का भएका छन् । यद्यपि, सुरुमा अभिषेक बच्चनलाई पनि फिल्मको प्रस्ताव दिइएको थियो तर यसपटक उनले फिल्मको सदस्य हुन अस्विकार गरे । यस्तै, सेफले पनि सुरुमा फिल्म गर्न अस्विकार गरिसकेका थिए तर अब उनी राजी भएका छन् । यसरी सैफ र रानी ११ वर्षपछि एकसाथ स्क्रिनमा देखिँदैछन् ।
हिट छ सैफ–रानीको जोडीः
‘हम तुम’, ‘ता रा रम पम’, ‘थोडी प्यार थोडा म्याजिक’ जस्ता हिट फिल्ममा अभिनय गर्ने सैफ र रानी सफल जोडी मानिन्छन् । यी दुई सिनियर ठगको भूमिकामा छन् ।
सैफ निकै उत्साहित छन्ः
सैफ भन्छन्, ‘बन्टी र बबली टु आजको समयमा आधारित छ । यो एक भिन्न प्रकारको सिक्वल हो । यसको शानदार स्क्रिप्टले मलाई तत्काल प्रभावित गरेको थियो । यो पूरा परिवार सँगै बसेर रमाइलो गर्न सकिने एक मनोरञ्जनात्मक फिल्म हो । यसैकारण मलाई यो मन पर्यो र म योसँग जोडिएँ । रानीसँग काम गर्नु निकै रमाइलो भइरहेको छ । मलाई पुनः त्यहि रचनात्मक सहयोगको प्रतिक्षा छ ।’
यस्तै रानी मुखर्जी भन्छिन्, ‘पहिलो बन्टी र बबलीलाई दर्शकले अत्यधिक प्रेम र प्रशंसा पाएको थियो । उहाँहरुको प्रेमले नै यशराज फिल्म्सलाई सिक्वल बनाउन प्रेरित गरेको हो । बन्टी और बबली टुमा पनि रियल जोडीको रुपमा आफ्नो भूमिका निभाउनका लागि अभिषेक र मलाई सम्पर्क गरियो तर दुर्भाग्यले कुरा मिलेन । यद्यपि, एक समूहको रुपमा हामी सैफलाई स्वागत गर्छौं र हामी निकै खुसी छौं । उनीसँग काम गर्दाका निकै सुखद याद मसँग छन् । म उनीसँग मिलेर केही नयाँ गर्ने आशा गर्छु ।’
आदित्य चोपडाद्वारा निर्मित यो सिक्वलको सुटिङ सुरु भइसकेको छ । वरुण शर्माले यसलाई निर्देशन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा फेरि अर्को भूकम्प
-
लेखक पशुपति घिमिरेका दुई पुस्तक ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ सार्वजनिक
-
राजेश हमालद्वारा १८ डी सिनेमा उद्घाटन
-
माओवादी अभियान : गैँडाकोटमा प्रचण्डको मर्निङ वाक, लखन थापाको सालिकमा माल्यार्पण
-
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द
-
नयाँ वर्षको अवसरमा ७ चलचित्र निर्माणको घोषणा, तीनको प्रदर्शन मिति तय