सिटी र युनाइटेड सेमिफाइनलमा

म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड इङ्लिस लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको क्वाटरफाइनलमा सिटीले घरेलु टोली अक्सफोर्ड युनाइटेडलाई ३–१ गोलले हरायो । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लिग टु टोली क्लब कोलचेस्टर युनाइटेडलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
सिटीको जितमा रहिम स्ट्रलिङको दुई गोल गरे । अर्को गोल जोओ क्यान्सेलोले गरेका थिए । अक्सफोर्डका माट टेलरले एक गोल फर्काए । सिटीले २२औं मिनेटमा क्यान्सेलोको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको पहिलो मिनेटमै अक्सफोर्डका माट टेलरले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि सिटीका रहिम स्ट्रलिङले ५०औं र ७०औं मिनेटमा गोलर्गै टोलीलाई सजिलै जिताए । यसैगरी म्यानचेस्टर युनाइटेडको जितमा मार्कुस रासफोर्ड र एन्थोनी मार्सियलले गोल गरे । युनाइटेडले अर्को गोल उपहार पाएको थियो ।
अर्काे क्वार्टरफाइनलमा लेस्टर सिटीले एभर्टनलाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सर्किपछि खेल टाईब्रेकरमा गएको थियो । निर्धारित समयमा लेस्टरका जेम्स म्याडिसन र जोनी इभान्सले गोल गरे । एभर्टनका टोम डेभिस र लिथनले गोल गरेका थिए । टाईब्रेकरमा लेस्टरका बेन चिलवेल, रिकार्डाे पेरेरा, डिमाराई ग्रे र जेमी भार्डीले गोल गरे ।
जेम्स म्याडिसन भने चुकेका थिए । एभर्टनका मसान होलगेट र डोमिनिकले मात्र गोल गर्न सफल भए । यससँगै लिग कप फुटबलको सेमिफाइनल समिकिरण पूरा भएको छ । यसअघि मंगलबार राति भएको खेलमा लिभरपुललाई ५–० गोलले हराउँदै एस्टन भिल्ला सेमिफाइनलमा पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट