पाम आयल निकासी आठ गुणा बढ्यो
बिहीबार, ०३ पुस २०७६, ०७ : २२
मुलुकमा उत्पादन नै नहुने तथा मूल्य अभिवृद्धि (भ्यालु एड) पनि न्यूनमात्रै हुने पाम आयलको निर्यातले भने हरेक महिना नयाँ रेकर्ड राख्न थालेको छ ।
बुधबार सार्वजनिक भएको नेपाल राष्ट्र बैंक तथा भन्सार विभागका छुट्टाछुट्टै तथ्याकंअनुसार पाम आयलको निकासी करिब आठ गुणाले बढेको छ ।
गत आर्थिक वर्षभरी १० अर्ब रुपैयाँको निर्यात भएको पाम आयल यो वर्षको चार महिनामै सवा ८ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको हो ।
भन्सार विभागको तथ्याकंअनुसार चालू आवको पहिलो महिनामा १ अर्ब ७५ करोड ५६ लाख ९० हजार रुपैयाँको निर्यात भएकोमा चार महिनासम्म आइपुग्दा आठ गुणाले बढेर ८ अर्ब ३६ करोड ८५ लाख ८ हजार रुपैयाँको निर्यात भएको छ । यो समाचार आजको कारोबार दैनिकमा लक्ष्म्ी सापकोटाले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण
-
अर्जेन्टिनामा ६० वर्षीय महिला बनिन् मिस ब्युनस आयर्स
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?
-
मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै