शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थलमा १९० टनभन्दा बढीका जहाजलाई अनुमति

बिहीबार, ०३ पुस २०७६, ०७ : ०२
बिहीबार, ०३ पुस २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १९० टनभन्दा बढीका जहाजले पनि उडान गर्न पाउने भएका छन् । विमानस्थलले यसअघि लगाएको लोडको सीमा हटाएको छ ।

यससँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले निर्धारण गरेको फोर–ई–सम्मका विमानले पूर्ण लोडमा उडान अवतरण गर्न पाउने भएका छन् ।

तर विमानस्थलमा एकै समयमा फोर–ई–श्रेणीका विमान भने गुड्न पाउने छैनन् । संगठनका अनुसार त्रिभुवन विमानस्थलको पार्किङ र धावनमार्ग नजिकै भएकाले एक प्रकृतिका दुई विमान एकै समयमा धावनमार्गमा कुनै पनि मुभमेन्ट गर्न नपाउने व्यवस्था गरिएको हो । यो समाचार आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप