१० महिनाअघि टुटेको नेकपा–राजपा सम्बन्ध कसरी जोडियो ?
काठमाडौ । १० महिनाअघि टुटेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाबीचको सम्बन्ध पुनः जोडिएको छ । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएलगत्तै राजपाले गत २०७५ साल फगुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता गलिएको थियो ।
त्यसयता राजपा नेकपाबीचको सम्बन्ध सुमधुर बन्न सकेको थिएन । समर्थन फिर्ता गर्नेवेला राजपाले संविधान संशाधन नगरेको, मधेस र थारुहट आन्दोलनका बन्दी रिहा र मुद्दा फिर्ता नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपरेको जनाएको थियो ।
त्यसयता पनि राजपाले संविधान संशाधनको एजेण्डालाई अघि सार्दै आएको छ । तर नेकपाले संविधान संशोेधन आवश्यकताका आधारमा गर्न सकिने जवाफ दिएपनि संशोधनको कुनै गृहकार्य गरेको छैन । राजपाको प्रतिस्पर्धी मानिएको अर्को दल समाजवादीलाई सरकारमै सामेल गराएको नेकपाले माघ ९ मा हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ मा राजपासँग एकाएक सहकार्य गर्न पुगेपछि समाजवादीलाई चक्मा र राजपालाई ‘सरप्राइज’ दिन सफल भएको टिप्पणी हुन थालेको छ ।
बुधबार नेकपा राजपाबीचको २ बुँदे सहमतिलाई समाजवादीले भने राजपाले दोहोरो चरित्र देखाएको टिप्पणी गरेको छ । यद्यपि चुनावको बेला दलहरुले ट्याक्टिकल रणनीति अपनाउनु सामान्य भएको उनले बताए ।
‘हाम्रो पनि अरु पार्टीहरुसँग कुरा भइरहेको थियो । त्यसैले योकुनै ठुला कुरा मानिँदैन । लोजिकलरुपमा हामीलाई गाली गर्ने राजपाले सत्तारुढ दल नेकपासँगै २ बुँदे सहमति गरेर दाहोरो चरित्र चाहिँ देखायो । यद्यपी हाम्रो पनि सवै पार्टीसँग सहकार्यका लागि अझै छलफल भइरहेको छ,’ सिंहले भने । उनले राजपा–नेकपाबीचको पछिल्लो सहमतिले राजनीतक समीकरण फेरवदलको सम्भावना नरहेको दावी गरे ।
यता सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजपासँगको सहकार्यका सम्बन्धमा दुई अध्यक्षहरुको बीचमा कसरी र के आधारमा छलफल भएर सहमति भएको हो भन्ने आफूलाई विस्तृत जानकारी नभएको भन्दै यसबारे पार्टीमा छलफल भएपछि मात्रै प्रतिकृया दिने बताए ।
श्रेष्ठको भनाइ अनुसार यो सहमति राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि मात्रै वा अन्य विषयमा पनि सहकार्य हो भन्ने प्रष्ट भैसकेको छैन । ‘निर्वाचनसँग मात्रै सम्बन्धित हो वा राष्ट्रिय राजनीति र अन्य मुद्दामा पनि हो भनेर प्रष्ट भएपछि मात्रै यसको प्रभावबारे विश्लेषण गर्न सकिन्छ’, श्रेष्ठले भने ।
अचम्मको कुरा त के छ भने राजपा र समाजवादीबीच एकता प्रकृया चलिरहेको छ । यता सत्तामा रहेको समाजवादीसँग नेकपा सन्तुष्ट छैन । यही बेला भएको नेकपा र राजपाबीचको २ बुँदे सहमतिपछि मुलुकको राष्ट्रिय राजनीतिमा कस्तो असर पर्ला त्यो भने आगामी केही दिन कुर्नुबाहेक अरु विकल्प छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा काङ्ग्रेसले सरकार छाड्ने धम्की दिएपछि बस्यो संयन्त्रको बैठक
-
बाँकेमा लागु औषधसहित दुई जना पक्राउ
-
‘बबल एन्ड क्र्यास’को कथा
-
सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय
-
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह
-
आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति