शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिहीबार त्रिभुवन विश्वविद्यालयका १० हजार विद्यार्थी दिक्षित हुँदै

बुधबार, ०२ पुस २०७६, २२ : ०९
बुधबार, ०२ पुस २०७६

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५ औँ दीक्षान्त समारोहमा भोलि हुँदैछ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा १० हजार १८४ विद्यार्थी दिक्षित हुँदैछन् ।

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक/पुरस्कारसमेत प्रदान गरिने भएको दीक्षान्त समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए । समारोहमा करीब ६ हजार ९०० अभिभावक सहभागी हुने भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप