२१ दिनपछि काठमाडौँ विश्वविद्यालयको ताला खुल्यो

काभ्रे । काठमाडौँ विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा लगाएको ताला २१ दिनपछि आज खुलेको छ । यसअघि काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घ र काठमाडौँ विश्वविद्यालय कर्मचारी सङ्घ दुवैले आफूहरुसँग काठमाडौँ विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकार सम्पन्न वार्ताटोलीबीच २०७६ भदौ ३० गते विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिनहरु, प्राध्यापकहरु तथा कर्मचारीको उपस्थितिमा भएको सम्झौता कार्यान्वयनका लागि पटक÷पटक स्मरण गराउँदा पनि बेवास्ता गरेको भन्दै ताला लगाएको थियो ।
मङ्गलबार बसेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकमा आन्दोलनरत प्राध्यापक सङ्घ र कर्मचारी सङ्घबीच भएको निर्णय पूर्णपालना गर्ने मौखिक सहमति भएपछि आन्दोलनरत पक्षले नै आज ताला खोलेको काठमाडौँ विश्वविद्यालयका सूचना प्रमुख डा हेमराज काफ्लेले बताए । ‘हिजो भएको बैठकमा उहाँहरुलाई पनि बोलाएर छलफल भएपछि त्यही आधारमा आज उहाँहरुले नै ताला खोलेको भन्ने कुरा आएको छ’, सूचना प्रमुख काफ्लेले भने ।
काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति डा.बेदमणि दाहालले मङ्गलबार बसेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकमा दुवै सङ्घलाई बोलाएर बैठक बसेको र त्यसमा विगतमा गरिएका सबै सम्झौता पूर्ण कार्यान्वयन गर्ने भनिएपछि आज ताला खुलेको बताए । ‘कतिपय मागहरु विश्वविद्यालय सभामा प्रस्ताव लानुपर्ने भएकाले सो सभामा प्रस्ताव पेश गर्ने र बाँकी सम्झौताहरु कार्यान्वयन गर्दै जाने भनेर छलफल भएपछि हामीले ताला खुलेका हौँ’, दाहालले भने । ‘विश्वविद्यालयको दीक्षान्त समारोहलाई सहज बनाउन पनि सहमति अनुसारको कार्यान्वयन गर्दै जाने भनेर आग्रह गरेको कारण पनि ताला खुलेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा नेपालका पाँच खेलाडी
-
राजावादी समर्थकको आगजनीबाट जडीबुटी कम्पनीमा २८ करोड बराबरको क्षति
-
व्यस्त खेल तालिकाबिच दक्षिण अफ्रिकी क्रिकेट टोलीका प्रमुख प्रशिक्षकको राजीनामा
-
दम्पतीबिच कलह : दुई महिना अघि बिहे, इन्डोनेसियामा हनिमुन, शारीरिक सम्बन्ध राख्न अस्वीकारदेखि घरमै धर्नासम्म
-
उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको बोर्ड अफ ट्रेडबिच आर्थिक सहकार्य सुदृढ गर्न समझदारीपत्र हस्ताक्षर
-
प्रधानमन्त्री ओली र मोदीबिच शुक्रबार बैंककमा भेटघाट हुने