बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चिसो बढेपछि विद्यालयमा बिदा दिने निर्णय

बुधबार, ०२ पुस २०७६, २० : ४९
बुधबार, ०२ पुस २०७६

कञ्चनपुर । अत्यधिक चिसो बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरेको छ । 

दुई दिनदेखि शीतलहरसँगै चिसो बढेसँगै यही पुस ३ र ४ गते नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएको हो ।

चिसो बढेपछि बालबालिकालाई विद्यालय जान अप्ठ्यारो हुनुका साथै कक्षा कोठामै चिसोका कारण पठनपाठनमा बाधा पुग्न थालेपछि बिदा दिने निर्णय गरिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए । 

नगरपालिका क्षेत्रका सबै विद्यालयलाई बिदा दिने निर्णयबारे जानकारीसमेत दिइएको छ । भीमदत्तसँगै शुक्लाफाँटा नगरपालिका क्षेत्रका निजी विद्यालयले पनि विद्यालयमा चार दिन बिदा दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप