शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुबईमा छायाछवि अवार्ड : क–कसले पाए अवार्ड र सम्मान ?

बुधबार, ०२ पुस २०७६, १९ : १८
बुधबार, ०२ पुस २०७६

काठमाडौं । विशिष्ट संगीतकर्मी शम्भुजित बाँस्कोटालाई ‘संगीत सितारा’को उपाधि प्रदान गरिएको छ । हालै यूएईको दुबइमा आयोजित दोस्रो ‘छायाछवि अन्तर्राष्ट्रिय अनर अवार्ड २०१९’मा बाँस्कोटालाई उक्त सम्मान दिइएको हो । 

समाहरोमा वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाललाई विशिष्ट अभिनेत्री तथा गायिका देविका बन्दनालाई विशिष्ट गायिका सम्मान प्रदान गरिएको थियो । गत वर्षबाट अन्तर्राष्ट्रिय रुपमा छायाछवि क्रियशनले शुरु गरेको यो अवार्ड यस वर्ष दुवइमा बाँडिएको हो । 

नेपाली चलचित्र, गीत–संगीत, साहित्य, चित्रकला, खेलकुद लगायतका विषयलाई मिश्रण गरि प्रदान गरिने यो अवार्ड नेपालका सन्दर्भमा बिल्कुलै नौलो भएको छायाछवि क्रियसनका अध्यक्ष अध्यक्ष शान्तिप्रियले बताए ।

दोस्रो अन्तर्राष्ट्रिय छायाछवि अनर अवार्डका अवसरमा साथै दोस्रो अनर अवार्डस्का अवसरमा मोडल आशिष पुरुष, नृत्यकार दिपक गुरुङ, निर्देशक माधव खरेल, कलाकार श्रीदेव भट्टराई, नृत्य निर्देशक सुर्यकला आचार्यलाई कलाकारीता सम्मान, समाजसेवी विष्णु प्रसाद पुडासैनीलाई युवा व्यवसायी सम्मान, समाजसेवी चन्द्र प्रसाद सापकोटा, समाजसेवी महिमा पोखरेल, समाजसेवी मणि प्रसाद भुर्तेल, समाजसेवी मोहन थापा, समाजसेवी पूर्णप्रसाद लिम्बु, समाजसेवी राजेन्द्र शर्मा, समाजसेवी सोमा खत्री एवम् समाजसेवी मोहन शर्मालाई सामाजिक सेवा सम्मान प्रदान गरिएको थियो ।

रातोपाटीका पत्रकार कुबेर गिरीलाई रंग पत्रकारिता सम्मान एवम् सोनी शर्मालाई इच्छा पत्रकारिता सम्मान प्रदार गरिएको सोही अवसरमा मोफसल रंग पत्रकारिता पुरस्कारबाट ध्रुवराज न्यौपाने (डि.आर.एन.) दाङ, प्रवासमा (दुबई) कार्यरत पत्रकार लक्ष्मण खनाललाई इच्छा पत्रकारिता सम्मान समेत दिइयो । 

त्यस्तै कार्यक्रममा गीतकार माधव निर्देषलाई सम्मानपत्र प्रदान गरिएको थियो भने चलचित्रकर्मी मनोज केसीलाई कलाकर्मी सम्मान गरिएको थियो ।

कार्यक्रममा गजल गायनमा बलराम राजवंशीले अनर अवार्ड पाए भने गीतकारमा डी.आर. उपाध्याय, नव गायक हिमाल श्रेष्ठ, नव मोडल कमला महत (सोनाक्षी), गायक मिन गुरुङ, नृत्य निर्देशक सुरेन्द्र बसेल, गायिका शुशीला पाठक, एरेञ्जर÷संगीतकार योगेश काजीले आधुनिक संगीत विधामा अनर अवार्ड प्राप्त गरे । त्यस्तै लोक संगीततर्फ भने गायक विक्रम राना, मोडल दिपाशा विसी, नवमोडेल सजिना लामिछाने (सूर्य कुमारी)ले अनर अवार्ड प्राप्त गरे । 

त्यस्तै पपुलर संगीततर्फ मोडल दिपेन्द्र सोनाम, नायिका–गायिकाको रुपमा सारिका घिमिरेलाई अनर अवार्ड प्रदान गरियो । उत्कृष्ट संगीत उत्पादक कम्पनीमा पशुपति म्यूजिक प्रा.लि. एवम् दर्शकको अवार्ड लोकसंगीतमा कस्तुपराज पन्त, आधुनिक संगीतमा सन्तोष श्रेष्ठ एवं गीतकारबाट लोकराज अधिकारीले प्राप्त गरे ।

कार्यक्रममा चलचित्रतर्फ अभिनेत्री वर्षा सिवाकोटी, अभिनेता शीतल केसी, निर्देशक मिलन चाम्स, चरित्र अभिनेता उद्धव प्रसाद भट्टराई, हाँस्य कलाकारमा गोपाल ढकाल छन्दे, चलचित्र प्रदर्शकमा ओम प्रकाश जैसी (काशी सिनेमा, भैरहवा), प्राविधिक तर्फ रेकर्डिष्ट तथा साउण्ड डिजाइनर सुनयमान श्रेष्ठ, टिभी÷चलचित्र कलाकारमा ऋतु बहादुर क्षेत्री, रंगमञ्च तर्फ नृत्याङ्ना शुशीला थापा एवं साहित्य तर्फ जे सागर (प्रवास, दुवई) ले अनर अवार्ड प्राप्त गरेका थिए ।

कार्यक्रममाा सन्तोष श्रेष्ठ, योगेश काजी, सारिका घिमिरे, विक्रम राना, मञ्जु थापा लामा आदिले गायन प्रस्तुति दिएका थिए । त्यस्तै दिपाशा विसी, शुशीला थापा, सविता रेग्मी आदिको नृत्य प्रस्तुति रहेको थियो । त्यस्तै लोक गायनमा कस्तुप पन्त, वरिष्ठ गायिका देविका बन्दना एवं संगीतकार गायक शम्भुजित बास्कोटाले दुबईबासीलाई उत्साहित बनाउँदै गाएर नचाइदिएका थिए ।

कार्यक्रममा गोपाल ढकाल छन्देले हाँस्य प्रस्तुति दिएका थिए । कार्यक्रमको उद्घोषण जे सागर, श्रीदेव भट्टराई एवं लोकराज अधिकारीले गरेका थिए । 

कार्यक्रममा स्वागत मन्तव्य प्रकट गर्दै छायाँछविका अध्यक्ष शान्तिप्रियले कार्यक्रमको उद्देश्य र औचित्यमा प्रकाश पारेका थिए भने नेपाली मन दुबईका मदन अधिकारीले नेपाली मनले यस किसिमको कार्यक्रम आयोजना गर्न पाउनु गर्वको विषय भएको र कार्यक्रम अत्याधिक सफल भएको बताएका थिए । 

कार्यक्रममा सभापतिको आसनबाट वरिष्ट अभिनेत्री बसुन्धरा भुसालले यस किसिमको कार्यक्रमले नेपाल भित्र–बाहिर रहेका नेपाली विचमा सांस्कृतिक ऊर्जा थप्ने बताइन् ।

कार्यक्रम युएईको वरदुबइस्थित एभरेष्ट क्लबमा आयोजना भएको  थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप