शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्यात बढ्दा देशको शोधान्तर स्थिति मजबुत, आयात घट्यो

बुधबार, ०२ पुस २०७६, १८ : २४
बुधबार, ०२ पुस २०७६

काठमाडौं । मुलुकको निर्यात दर बढ्दा शोधान्तर स्थिति सुधारउन्मुख देखिएको छ । यसले चालू खाता घाटा समेत कम गरेको छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा २३.९ प्रतिशतले निर्यात बढ्दा ४२ प्रतिशतले चालू खाता घाटा कम भएको हो ।

आर्थिक वर्षको चार महिनामा देशको चालू खाता घाटा ३७ अर्ब ३० करोडमा झरेको छ । गत वर्षको सोही अवधिमा ८८ अर्ब ४३ करोड घाटा रहेको थियो । २३.९ प्रतिशतले निर्यात बढ्दा ६.९ प्रतिशतले आयात घटेको छ । सो अवधिमा देशको शोधानान्तर स्थिति २७ अर्ब २९ करोडले बचत देखिएको छ । 

विदेशी रेमिट्यान्स निरन्तर घटेपनि वैदेशिक व्यापार सुधारउन्मुख हुनाले देशको शोधान्तर स्थिति मजबुत देखिएको हो । जसले विदेशी विनिमय सञ्चिति समेत बढ्न गएको छ । २०७६ असार मसान्तसम्म १३८ अर्ब ९२ करोड रहेको कूल विदेशी विनिमय सञ्चिति ६.२ प्रतिशतले बृद्धि भई कार्तिक मसान्तमा ११०३ अर्ब १२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ कार्तिक मसान्तमा ९ अर्ब ६३ करोड पुगेको छ ।

चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक व्यापारलाई आधार मान्दा बैंकिङ क्षेसँगको विदेशी विनिमय संचितिले ९.९ महिनाको वस्तु तथा सेवा आयात र ८ महिनाको लागि वस्तु तथा सेवाको आयातलाई धान्ने राष्ट्र बैंकले जनाएको छ । 

चार महिनाको अवधिमा नेपालको कूल ब्यापार घाटा ८.९ प्रतिशतले घटेर ४ खर्ब १४ अर्ब २ करोड कायम भएको छ । जसमा नेपालले ३६ अर्ब २८ करोडको वस्तु निर्यात गर्दा ४ खर्ब ५० अर्ब ३० करोको वस्तु आयात गरेको छ । पहिलो ४ महिनामा २३.९ प्रतिशतले निर्यात बढ्दा आयात भने ६.९ प्रतिशतले घटेको छ । 

गत वर्षको यस अवधिमा ६.१ प्रतिशत रहेको नेपालको निर्यात आयत अनुपात पनि ब्यापार घाटामा भएको सुधारसँगै ८.१ प्रतिशत पुगेको छ ।  यो समयमा एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाइजहाज तथा पार्टपुर्जा र सिमेन्टको आयात घटेको देखाएको छ भने कच्चा पाम तेलको आयात बढेको छ । त्यस्तै अन्य मेशिनरी तथा पार्टपुर्जा, हटरोल सिट, विद्युतीय उपकरण, विद्युतीय सामानहरुको आयात बढेको छ । 

यता प्रत्यक्ष बैदेशिक लगानीमा भने सामान्य सुधार देखिएको छ । गत वर्षको पहिलो ४ महिनामा ४ अर्ब २४ करोड प्रत्यक्ष वैदेशिक लगानी आएकोमा यो वर्षको सोही अवधिमा ४ खर्ब ९२ करोड प्रत्यक्ष लगानी भित्रिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप