बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कलैयाबाट चरेससहित भारतीय नागरिक पक्राउ

बुधबार, ०२ पुस २०७६, १७ : २१
बुधबार, ०२ पुस २०७६

रौतहट । बारा प्रहरीले ठुलो परिमाणमा लागुऔषध चरेससहित भएकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । चरेससहित पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला कुन्डवा चैनपुर थानाक्षेत्र अन्तरगत लौखान कोरैया ग्रामपञ्चायत ८ का भजु महजोका ४० वर्षीय छोरा गुलावी महतो कोइरी रहेको प्रहरीले जनाएको छ ।

कोइरीले पिठयुमा बोकेको झोलाबाट ९ प्याकेट (८ किलो ५०० ग्राम लागुऔषध) चरेश बरामद गरिएको बारा प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिए । कलैया बजारस्थित सन्दिदप साहको होटेलमा खाना खाइरहेका कोइरीलाई बसपार्क अस्थाई प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । कोइरीलाई अहिले हिरासतमा राखिएको र निजमाथि लागुऔषध सम्बन्धी मुद्धा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप