बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एकैरात तीन महिलाको बेडरुम पुगेर बलात्कार प्रयास गर्ने युवा पक्राउ

बुधबार, ०२ पुस २०७६, १६ : ०६
बुधबार, ०२ पुस २०७६

बुटवल । रुकुम (पश्चिम) मा एकै रात तीन महिलाको बेडरुमसम्म पुगेर बलात्कार प्रयास गर्ने एक युवालाई पक्राउ गरेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ ।

आठबिसकोट नगरपालिका–७ डाँफे टोलमा २२ बर्षीय केशव आरसीले एकै रात ४५ मिनेटको अन्तरालमा तीन छुट्टाछुट्टै घरमा महिलालाई उनीहरुकै बेडरुममा पुगेर बलात्कार प्रयास गरेको बताइन्छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले कार्तिक ३० गते दिउँसो आठबिसकोट नगरपालिका–९, राडीबजारबाट आरोपी आरसीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डिएसपी सुमित खड्काका अनुसार तीनै महिलाको जाहेरीका आधारमा आरसीविरुद्ध अदालतमा जवरजस्ती करणी उद्योगको मुद्दा दायर गरिएको छ । अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार कार्तिक २७ गते राति करिब १ बजे उनले एक महिलाको घरको ढोकामा भित्रपट्टीबाट लगाएको आग्लो (चुकुल) बाहिरबाटै खोलेर बलात्कार प्रयास गरेको उजुरी दायर भएको छ । निज महिलाले प्रतिकार गरेपछि भागेका उनी लगत्तै अर्को घरकी एकल महिलाको कोठामा त्यसैगरी पुगेको बताइन्छ । उनले समेत प्रतिकार गरेपछि भागेका आरसी ४० वर्षीय अर्की महिलाको कोठामा पुगेको प्रहरीको भनाइ छ ।

करिब ४५ मिनेटभित्र तीन महिलालाई बलात्कार प्रयास गरेका उनी असफल भएपछि भने गाउँबाट भागेका थिए । प्रहरीसमक्ष उजुरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप