शीतलहरले जनजीवन कष्टकर
धनगढी । चिसो मौसमको सुरुवातसँगै पश्चिम तराईमा शीतलहर शुरु भएको छ । बाक्लो हुस्सुसँगै हावा चल्दा शीतलहर सुरु भएको हो । गत सोमबारदेखि जाडो बढे पनि बुधबारदेखिको चिसो सिरेटोले जनजीवन कष्टकर बनेको छ ।
कठ्याङग्रिने जाडाले सबैभन्दा बढी वृद्धवृद्धा, बालबालिका र मजदूर वर्गलाई असर पु¥याएको छ । शीतलहरका कारण यसवर्ष सबैभन्दा बढी चिसो मङ्गलबार र बुधबार मापन गरिएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयले जनाएको छ ।
४ दिन अघिसम्म अधिकतम २३ डिग्री सेल्सियस तापक्रम रहेको कैलालीमा आज न्यूनतम तापक्रम १२ डिग्री र अधिकतम १५ डिग्री सेल्सियस रहेको छ । अधिकतम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा जाडोको महसुस बढी हुने गर्दछ ।
चिसोका कारण बजार क्षेत्रमा चहल पहलमा कमी आएको छ । यस्तो मौसममा कोल्ड डायरिया, निमोनियाँ, ज्वरो र रुघाखोकीका बिरामीलाई बढी सताउने हुँदा चिसोबाट जोगिन सर्वसाधारणलाई चिकित्सकले सुझाएका छन् ।
केही दिन शीतलहर जारी रहेमा आलु, गोलभेँडा लगायतको तरकारी बालीमा डढुवा रोगको सङ्क्रमण देखिने भई नोक्सान पु¥याउने स्थानीयवासी रामकृष्ण रानाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय