पत्रकार बलात्कारको आरोप खेपेका हाई प्रोफाइल टिभी रिपोर्टरलाई ३४ लाख रुपैयाँ जरिवानाको निर्देशन
जापानको एक अदालतले हाइ प्रोफाइल टिभी रिपोर्टरलाई एक पत्रकारलाई ३० हजार डलर अर्थात् करिब ३४ लाख रुपैयाँ क्षतीपूर्तीको रुपमा दिन आदेश दिएको छ । सियोरी इतोले नोरियुकी यामागुचीमाथि बलात्कारको आरोप लगाएकी छिन् । सियोरीका अनुसार नोरियुकीले उनलाई सन् २०१५ मा बेहोसीको अवस्थामा बलात्कार गरेका थिए ।
सिरियोलाई जापानमा मीटू अभियानको प्रतिकको रुपमा लिइएको छ जहाँ निकै थोरैले यौनहिंसाबारे जानकारी दिन्छन् ।
‘म निकै खुसी छु,’ ३० वर्षे सियोरीले चोरी र माझी औंलाले ‘भिक्ट्री’ को चिन्ह देखाउँदै भनिन् ।
तर पछि पत्रकार सम्मेलनमा यामागुचीले आफूले अपिलको लागि योजना बनाएको जानकारी दिँदै आफूमाथिको आरोप पुनः अस्विकार गरे ।
सियोरीका अनुसार प्रधानमन्त्री सिन्जो आबेसँग नजिकको सम्बन्ध रहेको भनिएका ५३ वर्षे यामागुचीले उनलाई सन् २०१५ मा डिनरसहित सम्भावित जागिरको अवसरबारे कुरा गर्न निम्तो दिएका थिए ।
आफूलाई ड्रग्स दिइएको हुनसक्ने अनुमान गर्दै उनले भनिन्, ‘जब म होसमा आएँ तब म एउटा होटलको कोठाभित्र थिएँ र उनी ममाथि थिए । ’
सियोरीमाथि बलात्कार हुँदा उनी न्यूज एजेन्सी रोयटर्समा इन्टर्नको रुपमा काम गरिरहेकी थिइन् ।
यता यामागुची भने टोकियो ब्रोडकास्टिङ सिस्टमका वासिङ्टन ब्यूरो चिफ थिए ।
अनुसन्धान सुरु भएपनि प्रमाण नपुगेको भन्दै पुलिसले फाइल बन्द गरेको थियो ।
सन् २०१७ को सरकारी आँकडा अनुसार बलात्कारका ४ प्रतिशत पीडितले मात्रै आफूमाथिको घटनाबारे जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस