बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अनाथ बालबालिकाहरुलाई हिमालयन बैंकको आर्थिक सहयोग

बुधबार, ०२ पुस २०७६, १३ : ०६
बुधबार, ०२ पुस २०७६

कावासोती– हिमालयन बैंक लिमिटेडले बैंकको कावासोती शाखा मार्फत कावासोती नगरपालिका वडा नं ८ स्थित ‘मौलाकालिका अपांग सेवा संस्था’मा आश्रित अनाथ एवं फरक क्षमता भएका वालवालिकाहरुलाई सहयोग गरेको छ । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थामा आश्रित वालवालिकाहरुलाई सहयोग प्रदान गरेको हो ।

बैंकले उक्त अपांग सेवा संस्थाका २१ जना बालबालिकाहरुलाई आवश्यक ग्यास चुलो, खानेपानी फिल्टर, राईस कुकर तथा खाद्यान्नहरु  (चामल, दाल, खाने तेल, नुन, चिनी, चिउरा, विस्कुट तथा साबुन आदि) प्रदान गरेको छ । 

देशका विभिन्न स्थानका अनाथ एवं शारिरीक रुपमा अशक्त बालबालिकाहरुलाई उक्त अपांग सेवा संस्थाले आश्रय दिइरहेको छ । 

बैंकका तर्फवाट बैंकका कावासोती शाखा प्रबन्धक आत्माराम गौतमले उक्त सहयोग सामग्रीहरु हस्तान्तरण गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप