बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

मोदी सरकार हामीलाई नागरिक मान्दैन भने हामी त्यो सरकारलाई मान्दैनौँ : कन्हैया कुमार

बुधबार, ०२ पुस २०७६, ११ : ५९
बुधबार, ०२ पुस २०७६

एजेन्सी । नागरिकता संशोधन ऐन (सीएए)को विरोधमा सोमबार जवाहारलाल नेहरु विश्वविद्यालयको विद्यार्थी सङ्गठनका पूर्व अध्यक्ष र भाकपा नेता कन्हैया कुमारले आफूहरुले सावरकरको सपनाको भारत नभएर भगत सिंह र अम्बेडकरको सपनाको भारत बनाउने बताए ।

कुमारले मोदी सरकारको विरोध गर्दै भने, ‘यदि तपार्इं हामीलाई नागरिक मान्नु हुँदैन भने हामी तपाईंको सरकार मान्दैनौँ । तपाईंसँग संसदको बहुमत हुन सक्छ । हामीसँग सडकको बहुमत छ । यो लडाइँ हिन्दु र मुसलमान बारेमा हँुदै होइन ।’

उनले एनआरसी (राष्ट्रिय नागरिक रजिस्टर)को भयावह नतिजा हुनेबारे सतर्क रहन अपिल गरे ।

‘यो हिन्दु मुसलमानबारे हुँदै होइन । यो संविधानसँग जोडिएको मुद्दा हो । संविधानलाई दूषित हुनबाट बचाउने मुद्दा हो ।’

विहारको पूर्णियाको इन्दिरा गान्धी रङ्गशालामा सीएए र एनआरसीको विरोधमा आयोजित जन–प्रतिरोध सभालाई सम्बोधन गर्दै कन्हैयाले भने, ‘यो लडाइँ एक दिनको होइन, यो लडाइँ लामो समय चल्नेछ ।’

कन्हैयाले लामो सङ्घर्षका लागि जोश र होशमा रहन आवश्यक रहेको भन्दै लडाइँलाई लक्षसम्म पु¥याउनै पर्ने बताए ।

सीएए र एनआरसीलाई ‘संविधानको आत्मामाथिको आक्रमण’ भन्दै कन्हैयाले भने, ‘आज संविधानमाथि सङ्कट आएको छ । संविधानलाई बचाउन आवश्यक छ । संविधानको मूल भावनाले कुनै पनि नागरिकमाथि जाति वा धर्मका आधारमा भेदभाव हुँदैन भनेको छ । तर यहाँ त्यसको ठीक उल्टो गरिँदैछ । जो मानिसलाई आफ्नो देशको संविधानको माया छैन तिनैले कालो कानुनलाई समर्थन गरिरहेका छन् ।’

उनले युवाहरुलाई संयमित र अनुशासित रहन अपिल गर्दै भने ‘यिनै दुई औजारबाट कुनै पनि आन्दोलनमा विजय हासिल गर्न सकिन्छ ।’

यस ¥यालीमा विपक्षी दलका कैयौँ विधायकहरु सहभागी थिए । ¥यालीमा सीमाञ्चल क्षेत्रका हजारौँ मानिस खास गरेर मुसलमानको उल्लेख्य उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप