
सेञ्चुरी बैंकको ‘सेञ्चुरी सेभिङ्ग प्लस एकाउन्ट’ संचालनमा, यस्तो छ ब्याजदर
काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेञ्चुरी सेभिङ्ग प्लस एकाउन्ट’ को शुभारम्भ गरेको छ ।
५० लाख न्यूनतम मौज्दात भएको सो खातामा वार्षिक ६.५% को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ । १० लाखसम्मको प्राणघातक रोग/दुर्घटना/दिर्घकालीन अशक्तताको बिमा आइएमई जनरल इन्स्योरेन्सबाट गर्ने व्यवस्था गरिएको छ ।
सो खातावालाहरुले नेपालका अन्य कुनै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । साथै निःशुल्क लकर सेवा, आकर्षक डिजिटल बैंकिङ्ग र कर्जा सुविधामा विशेष छुट समेत दिइनेछ ।
उक्त खाताको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमद्धारा गरेका थिए । साथै सो कार्यक्रममा बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ