शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लिग कप : लिभरपुलको लज्जास्पद हार

बुधबार, ०२ पुस २०७६, १० : १६
बुधबार, ०२ पुस २०७६

एजेन्सी । इङ्लिस महारथी लिभरपुलले लिग कप फुटबलमा एस्टन भिल्लासँग लज्जास्पद हार खेपेको छ । मङ्गलबार राति भएको खेलमा लिभरपुल एस्टन भिल्लासँग ५–० गोलले पराजित भयो । हारसँगै लिभरपुल क्वार्टरफाइनलबाटै बाहिरिएको छ । 

हाल क्लब विश्वकपको तयारीमा रहेको लिभरपुलले यस खेलमा जुनियर खेलाडी खेलाएको थियो । एस्टन भिल्लाको जितमा जोनाथन कोदजियाले दुई तथा कोनोर र वेस्लीले एक–एक गोल गरे । अर्को गोल लिभरपुलबाट उपहार पाएको थियो । 

पहिलो हाफमै चार गोल गरेको एस्टल भिल्लाका लागि १४ औँ मिनेटमा कोनोरले खाता खोले । १७ औँ मिनेटमा लिभरपुलका मोर्गान बोयसको आत्मघाती गोल गरे । ३७ औँ र ४५ औँ मिनेटमा जोनाथनले गोल गर्दै एस्टन भिल्लालाई थप बलियो बनाए । ९० औँ मिनेटमा वेस्लीले गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप