राष्ट्रिय पुरस्कार लिन पुगेका अक्षय कुमारले किन महसुस गरे आफ्नो बेइज्जती ? बताए यस्तो कारण

बलिउड अभिनेता अक्षय कुमारले पहिलो पटक नेशनल अवार्ड ग्रहण गर्न जाँदा बेइज्जतीको सामना गर्नुपरेको बताएका छन् । भारतीय एक संचार माध्यमले आयोजना गरेको कार्यक्रममा अक्षय कुमारले यस्तो बताएका हुन् ।
अक्षय कुमारले भने, ‘जब मैले पहिलो पटक अवार्ड पाएको थिएँ तब मसँग एक महिला बसेकी थिइन् । त्यसपछि म भन्छु कि मेरो राष्ट्रिय सम्मान कार्यक्रममा कसरी बेइज्जती भयो । ती युवती थिइन् मलयालम नायिका र उनले मलाई भनिन्, ‘सर म तपाईंको ठूलो प्रशंसक हुँ । मैले तपाईंको सबै फिल्म हेरेकी छु । त्यतिबेला मलाई निकै गर्व महसुस भइरहेको थियो । तयसपछि उनले मलाई सोधिन् कि मैले कतिवटा फिल्ममा काम गरेको छु । मैले जवाफ दिएँ १ सय ३५ ।’
‘त्यसपछि मैलै पनि उनलाई उनको फिल्मबारे सोध्दा उनले त्यो आफ्नो पहिलो फिल्म भएको बताइन् । उनले एउटा फिल्ममा अभिनय गरेर राष्ट्रिय अवार्ड हात पारिन् । त्यतिबेला म लज्जित महसुस गरिरहेको थिएँ ।’
उक्त कार्यक्रममा अक्षयलाई हिट फिल्मको रेसिपी सोधिँदा अक्षयले भने, ‘मैले ११ वटा हिट फिल्ममा अभिनय गर्नुअघि १४ वटा फ्लप फिल्म पनि दिएकी छु । मैले ती १४ फिल्ममा पनि मिहिनेत गरेको थिएँ । तर त्यो चल्न सकेन । मेरो हिसाबमा ७० प्रतिशत भाग्य र ३० प्रतिशत मिहिनेत चाहिन्छ । जब म स्टुडियो जान्छु तब मभन्दा धेरै राम्रा व्यक्तिहरु त्यहाँ हुन्छन् । तर उनीहरुले पहिलो मौका नै पाउँदैनन् । त्यसकारण मलाई राम्रो भाग्य पनि चाहिन्छ भनेर विश्वास गर्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुनुवाको पोसाकमा अदालतबाट हाँस्दै बाहिरिए दुर्गा प्रसाईं
-
भृकुटीमण्डपमा हर्टिकल्चर एक्स्पो, तस्बिरमा हेर्नुहोस्
-
नबिल बैंक सम्मानित
-
महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँ : सतिशकुमार सिंह
-
वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने वातावरण बन्छ : अर्थमन्त्री
-
‘सञ्चालकहरूको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’