शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यूरोपमा रिट्ठाको लोकप्रियता बढ्यो

बुधबार, ०२ पुस २०७६, ०६ : ४७
बुधबार, ०२ पुस २०७६

यूरोपमा रिट्ठाको माग तथा लोकप्रियता बढ्दै गएको छ । जर्मनीमा प्रशोधित रिट्ठाको मूल्य प्रतिकेजी ५ देखि १२ युरोसम्म पर्छ । यूरोपेली देशहरुमा रिट्ठाको धूलो वासिङ मेसिनका लागि उपयुक्त हुनेगरी पाउचमा उपलब्ध गराइन्छ । रिट्ठाबाट बनेको साबुन पनि यूरोपेली बजारमा लोकप्रिय हुँदै गएको छ । 

शाकाहारी समाजले यसको प्रमाणीकरण र प्रवद्र्धनको काम गर्छन् । नेपालले पनि युरोप, अमेरिकालगायत विश्वका ११ ओटा देशमा रिट्ठा निर्यात गर्दै आएको छ । नेपालको रिट्ठाको मूल्य भारतमा प्रतिकिलो ६३ रुपैयाँ रहँदा युरोपमा ३८४ रुपैयाँमा निर्यात भइरहेको छ । भारतले पनि विश्वभर प्रतिकिलो औसत २२४ रुपैयाँमा रिट्ठा निर्यात गर्दै आएको छ । 

उक्त परिस्थितीमा ‘हिमालयन रिट्ठा ब्रान्डमा नेपाली रिट्ठा व्यवस्थित रुपमा निकासी गर्ने रणनीति अंगीकार गरेमा अन्तर्राष्ट्रिय बजारमा विशेष स्थान पाउन सकिनेछ । यो समाचार आजको आर्थिक अभियानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप