नकारात्मक काम गरेको पाइएमा कारबाही गर्ने मन्त्री गुरुङको चेतावनी

काठमाडौँ । महिला, बालबालिका र ज्येष्ठ नागरिकको क्षेत्रमा प्रभावकारी रणनीतिक कार्ययोजना बनाउनका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विज्ञ टोली गठन गर्ने मन्त्री पार्वत गुरुङले बताएका छन् ।
मंगलबार ललितपुरमा आयोजना गरिएको बालबालिका सम्बन्धी भावी कार्यदिशाबारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गताको क्षेत्रका लामो समयसम्म व्यावहारिक रुपमा काम गरेका विज्ञबाट आएका सुझाव आधारमा कार्य योजना बनाएर कार्यन्वयन पाटोमा जाने मन्त्रालयले योजना बनाएको उनले बताए ।
‘विज्ञ टोली बनाउनका लागि गैरसरकारी संघसंस्थाका व्यक्ति, बाल अस्पतालका कर्मचारी तथा डाक्टर र विज्ञ महिलासँग अन्तरक्रिया गर्दैछौँ,’ उनले भने, ‘अन्तरक्रिया सकिए लगत्तै विज्ञ टोली गठन गरेर मन्त्रालय अगाडि बढ्छ ।’
अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अवार्ड पाउने विभिन्न गैरसरकारी संघसस्थाले अवार्डको पर्दा पछाडि बसेर नकारात्मक काम गरेको सुन्नमा आएको मन्त्री गुरुङको भनाइ छ ।
महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाको नाममा समाजमा अविश्वासिलो काम गरेको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिए ।
‘नैतिकता, इमान्दारिता र स्वाभिमान बिना सरकारी, गैरसरकारी र व्यक्तिगत्त तबरबाट काम गर्न सकिँदैन,’ उनले भने, ‘हरेक क्षेत्रमा बालमैत्री अभियान बनाउन आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
-
औद्योगिक ग्रामका लागि विधिवत् ढङ्गले अध्ययन भएको देखिएन : मन्त्री तामाङ
-
कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार
-
किन घोषणामै सीमित भए औद्योगिक ग्राम ?
-
हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा
-
‘अभिमन्यु’को मुख्य कलाकारमा कामेश्वर पनि