शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले दियो नेपाल प्रहरीलाई मोटरसाइकल

मङ्गलबार, ०१ पुस २०७६, १७ : ३७
मङ्गलबार, ०१ पुस २०७६

काठमाडौँ । नेपालस्थित चिनियाँ राजदूतावासले प्रहरीलाई २३ वटा मोटरसाइकल दिएको छ । 

दूतावासले महानगरीय प्रहरी कार्यालय काठमाडौँलाई सहयोग स्वरूप ५६ लाख ३२ हजार ७ सय रूपैया मूल्य बराबरको सो मोटरसाइकल हस्तान्तरण गरेको हो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मंगलबार आयोजित कार्यक्रममा चिनियाँ राजदूतावासका प्रथम सचिवले उक्त मोटरसाइकल हस्तान्तरण  गरेका हुन् । 

सो प्रहरी नायव महानिरीक्षक क्षेत्रीले प्राप्त मोटरसाइकलहरूको प्रयोगबाट प्रहरी परिचालनमा थप तिव्रता आउने विश्वास व्यक्त गर्दै उक्त सहयोगका लागी चिनियाँ राजदुतावासलाई धन्यवाद व्यक्त गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप