प्रेमीसँगको झगडामा न्यायाधीशकी पीएसओले बोकेको पेस्तोल गायब
जनकपुर । प्रेमीसँग झगडाका क्रममा पेस्तोल हराउने एक महिला प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ ।
उच्च अदालत जनकपुरका न्यायाधीश सकुन्तला घिमिरेकी पीएसओ रहेकी प्रहरी जवान रनिता कुमारी केवटलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोमबार राति प्रेमी शिवेन्द्र यादवसँग उनको झगडा परेको र सो क्रममा पेस्तोल हराएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
प्रहरी जवान केवटसँग रहेको ७ राउण्ड गोली लोड गरिएको पेस्तोल हराएको प्रहरीले जनाएको छ । केवटको पेस्तोल लिएर प्रेमी यादव भागेको प्रहरीले आशंका गरेको छ भने उनको खोजीकार्य भइरहेको छ ।
नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर १० घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा डेरा लिइ बस्दै आएकी प्रहरी जवान केवट न्यायाधीश घिमिरेको सुरक्षा गार्डमा जिप्रका धनुषामा दरबन्दीमा खट्दै आएकी थिइन् ।
उनका प्रेमी यादव नवलपुरासी रामग्राम नगरपालिका वडा नम्बर ८ का बासिन्दा हुन् ।
प्रदेश प्रहरी कार्यालयले लोडेड पेस्तोल गायब भएको घटनाका विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण