राष्ट्रिय झण्डा दिवस मनाइयो
काठमाडौँ । दोस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले गत वर्षबाट यो दिवस मनाउँदै आएको छ ।
नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले गतवर्षबाट डिसेम्बर १६ मा यो दिवस मनाउन थालिएको अभियन्ता राजानन्द माण्डव्यले बताए ।
राष्ट्रिय झण्डा विश्वसामु स्वतन्त्र छ भएपनि नेपालमा नारा, जुलुस र बन्द, हड्तालमा यसको प्रयोग बढिरहेको उनले बताए ।
‘गाडीमा प्रयोग भएको झण्डा च्यातिएको अवस्थामा छ भने तिनै झण्डा फहराएर हिँडेका छन् । झण्डा कुनै एउटा टालो वा कपडाको टुक्रा होइन यो राष्ट्रको पहिचान हो’, उनले बताए ।
राष्ट्रिय झण्डाको महत्व नै थाहा नपाएर यसको प्रयोग बढेको भन्दै उनले असन्तुष्टि समेत जनाए । झण्डामा प्रयोग भएको चन्द्र, सूर्यको महत्व कसैलाई थाहा छैन् । ५ वटा कुनाको भ्यालु के हो त्यो पनि कसैर्लाइ थाहा छैन्’, उनले भने, ‘झण्डा बोक्नु ठूलो कुरा होइन् । यसको मान, सम्मान र आचारसंहित बुझ्नु जरुरी छ ।’
सन् १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा नेपाली राष्ट्रिय झण्डाको रुपमा स्थापना गरिएको दिनको सम्झनामा दिवस मनाउन सुरु गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित