बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नवनिर्वाचित  ब्रिटिश  सांसदसँग नेपाली समूदायकाे अन्तर्क्रिया

मङ्गलबार, ०१ पुस २०७६, १५ : १४
मङ्गलबार, ०१ पुस २०७६

लण्डन।  दक्षिणपूर्वी  लण्डनका  नेपालीहरु समूदायको संस्था रोयल बरो अफ  ग्रीनवीच  नेपाली सोसाइटी (आरजीएनएस) ले आफ्ना नवनियुक्त सल्लाहकारहरु र  त्यस क्षेत्रकी नवनिर्वाचित  ब्रिटिश  सांसद अविना ओपोंग असारेसँग आइतबार अन्त्रर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। सो अवसरमा उनलाई सम्मान पनि गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित  ब्रिटिश  सांसद असारेले भर्खरै सम्पन्न ब्रिटिश संसदको निर्वाचनमा  नेपाली समुदायले गरेको सहयोगका लागि धन्यबाद ब्यक्त गरिन्।

आरजीएनएसलगायतका संघ सस्थाले   ब्रिटिश समाज र नेपाली समुदायलमाझ गरिरहेको कार्यको प्रसंशा गर्दै उनले आफू  आगामी दिनमा सहकार्य गर्न तत्पर रहेको बताइन्। स्थानीय काउन्सिलर म्याथ्यु मरो र इरिथ तथा थेम्समिड निर्वाचन क्षेत्रका लेबर पार्टीका अध्यक्ष्य पिटर बेकरले काउन्सिल र लेबर पार्टी  नेपाली समुदायको कला , संस्कृतिको जगेर्ना  गर्ने लगायतका कुरामा सहयोग र सहकार्य  गर्न तयार रहेको बताए।

 संस्थाकी अध्यक्ष्य शर्मिला हिराचनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष्य जित रानाभाटले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने संस्थाका निबर्तमान अध्यक्ष्य  हरि गोबिन्द  गुरुङले नेपाली भाषाको  कक्षा  संचालन लगायतका संस्थाका गतिविधिहरुबारेमा  जानकारी गराएका थिए।  

महासचिब मञ्जु  भण्डारीले संचालन गरेको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, प्रमुख सल्लाहकार मोहन गुरुङ,  एनआरएन युकेका महासचिब फडिन्द्र भट्टराई लगायतले संस्थाको  प्रगतिको शुभ कामना ब्यक्त गरेका थिए।

आरजीएनएसले  ग्रीनवीच र वरपर विभिन्न पेशा र स्थानीय नेपाली संघ सस्थाका अध्यक्ष र  प्रतिनिधिहरुलाई सल्लाहकारमा नियुक्त गरेको छ।  

जसमा एनआरएन युकेका पूर्वमहासचिब कर्ण शाही , पूर्वआइसीसी सदस्य  बिनोद ज्ञवाली ,  एनसीसी  सदस्य ह्यारी गुरुङ , बुध्ध फाउन्डेसनका अध्यक्ष्य एवम्  एनआरएन इंग्ल्यान्ड राज्य  परिषद्का अध्यक्ष दीपक श्रेष्ठ ,  चार्ल्टन नेपाली समाजका अध्यक्ष्य कृष्ण खरेल , पशुपति हिन्दु मन्दिरका अध्यक्ष्य नरेन्द्र कंडेल, नेपलीज युथ एसोसिएसनका अध्यक्ष लछुमन गुरुङ, प्रतिभा नक्षत्रकी अध्यक्ष सिम्मी पुन ,  सोसाइटी अफ नेपाली  हाइलि स्किल्लड पोफेस्नल अध्यक्ष शेखर वाग्ले , क्याट युकेका अध्यक्ष जीवन सेन, संस्थाका सस्थापक प्रमुख सल्लाहकार अकाउन्टेन्ट एलएन पाण्डे, पत्रकार बिपिन निरौला लगायत छन् । 

कार्यक्रममा उपस्थित एनआरएन आइसीसी सदस्यहरु अर्कराज तिमिल्सिना, सुरज मास्के, एनसीसी  सदस्य  प्रकाश  कँडेल , नेपाल पत्रकार महासंघका  उपाध्यक्ष ध्रुब अर्याल, संस्थाकी सचिब ज्योत्सना बस्नेत लगायतलाई सम्मान गरिएको थियो।

 आरजीएनएसका  उपाध्यक्ष  एबम्  एनआरएन युकेका नबनिर्वाचित सचिब जित रानाभाटले कार्यक्रमको उद्देश्यका बारेमा प्रष्ट परेका थिए भने साउथ इस्ट लण्डन क्षेत्रबाट एनआरएन आइसीसी सदस्यहरु, युकेका नबनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई समेत स्वागत एवम् सम्मान गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप