नेकपा मकवानपुरमा जिम्मेवारी बाँडफाँड
मङ्गलबार, ०१ पुस २०७६, १४ : ३२

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । नेकपाले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन क्षेत्र, दश वटै स्थानीय तह, विभिन्न विभागीय जिम्मेवारी र सङ्गठनतर्फको जिम्मेवारीसमेत तोकेको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज रामेश्वर रानाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा पूरा गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको बताउँदै लोकतन्त्रलाई आत्मसात् गरेर काम गर्न आग्रह गरे ।
जिल्ला अध्यक्ष मुनु सिग्देलले पार्टीले स्थानीय तहस्तरकोे प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जानकारी दिँदै स्थानीय तहहरुले निर्वाचन घोषणापत्रमा उल्लेख गरिएअनुसारका काम गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो
-
यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापति र क्याम्पस
-
निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुने गरी बजेटमा व्यवस्था गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड