ad
x

नेकपा मकवानपुरमा जिम्मेवारी बाँडफाँड

person explore access_timeपुस १, २०७६ chat_bubble_outline0
file photo

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले नेताहरुको   जिम्मेवारी बाँडफाँड गरेको छ । नेकपाले प्रतिनिधिसभा र  प्रदेशसभाका निर्वाचन क्षेत्र, दश वटै स्थानीय तह, विभिन्न विभागीय जिम्मेवारी र सङ्गठनतर्फको जिम्मेवारीसमेत तोकेको छ ।  


नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज रामेश्वर रानाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा पूरा गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको बताउँदै लोकतन्त्रलाई आत्मसात् गरेर काम गर्न आग्रह गरे ।



जिल्ला अध्यक्ष मुनु सिग्देलले पार्टीले स्थानीय तहस्तरकोे प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जानकारी दिँदै स्थानीय तहहरुले निर्वाचन घोषणापत्रमा उल्लेख गरिएअनुसारका काम गर्नुपर्ने बताए । 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X