तस्विरमा हेर्नुहोस् विद्या भट्टराईको सपथ
मङ्गलबार, ०१ पुस २०७६, १३ : ४५
गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले सांसद पदको सपथ लिएकी छिन् ।
सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले मपद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
सांसदहरुलाई सभामुखले सपथग्रहण गराउने प्रचलन भएपनि यतिखेर सभामुख नभएकाले भट्टराईलाई उपसभामुखबाट शपथ ग्रहण गराइएको हो ।
संविधानको धारा ९१ को चारमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने उल्लेख छ ।
कस्की–२ को उपचुनावमा भट्टराई नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई हराउँदै विजयी भएकी थिइन् ।
उनले पौडेललाई ८ हजार ४०९ मतान्तरले पराजित गरेकी हुन् । भट्टराईले २४ हजार ३९५ मत प्राप्त गरेकी थिइन् भने पौडेलले १५ हजार ९८६ मत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा