मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले २० करोड बराबरको बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै

मङ्गलबार, ०१ पुस २०७६, १३ : १८
मङ्गलबार, ०१ पुस २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० करोड बराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ । मंगलबार एक सूचना जारी गर्दैै बैंकले वैदेशिक रोजगारीमा रहेका र हालसालै रोजगारीबाट स्वदेश फर्किएकाहरुका लागि पाँच वर्षेेबचतपत्र निष्कासन गर्न लागेको हो । बचतपत्र आगामी पुस २७ गते निष्काशन हुँदैछ । 

पाँच वर्षका लागि निष्काशन गरिएको उक्त बचतपत्रमा बैंकले वार्षिक १० प्रतिशतको आकर्षक ब्याजदर समेत प्रदान गर्ने जनाएको छ । बचतपत्र पुस १ गते(आज) देखि पुस २१ गते सम्मलाई खुल्ला गरिएको छ । उक्त बचतपत्र लगानीका लागि इच्छुक वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले निवेदन दिन सक्नेछन् । तर लगानीकर्ता स्वदेश फर्किएको चार महिना कटेको हुन नहुने बैंकद्धारा जारी सूचनामा भनिएको छ । 

लगानीकर्ताले बचतका लागि घटीमा ५ हजार देखि बढिमा ५ हजारले भाग गर्दा निःशेष भाग जाने रकम सम्म खरिद दरखास्त दिन सक्नेछन् । वार्षिक १० प्रतिशत ब्याजदर रहेको उक्त बचतको ब्याज भने ६/६ महिनामा भुक्तानी गरिने बैंकले जनाएको छ । तर उक्त ब्याज रकम भुक्तानीका लागि लगानीकर्ताले आफ्नो वा आफुले इच्छाएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने छ ।

आवेदनका लागि इच्छुक लगानीकर्ताहरुले राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही गरेको भौचर पेस गर्नुपर्नेछ ।

यदि परिवारका सदस्यको नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपी र नाता प्रमाणित कागजात र नाबालकको नाममा संरक्षक भइ खरिद गर्ने भए नावालकको जन्मदर्ता प्रमाणपत्र सहित दखास्त दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

लगानीकर्ताले बचतपत्र खरिदका लागि ८ वाणिज्य बैंकहरु सिटिजन, नविल, माच्छापुच्छे«, प्रभु, सनराइज, सिद्धार्थ, सानिमा र सेञ्चुरी कमर्सियल बैंक सहित दुई रेमिट कम्पनीहरु प्रभु मनि ट्रान्सफर र सेवा रेमिट कम्पनीहरुबाट आवेदन बुझाउन सक्नेछन् । 

बचतपत्र २०७६ पुस २७ देखि २०८१ पुस २७ सम्म ५ वर्षका लागि निष्कासन गर्न लागिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप