शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानका पूर्व राष्ट्रपति परबेज मुशर्रफलाई मृत्युदण्डको सजाय

मङ्गलबार, ०१ पुस २०७६, १३ : १४
मङ्गलबार, ०१ पुस २०७६

पाकिस्तानी विशेष अदालतको तीन सदस्यीय बेञ्चले देशको इतिहासमा पहिलो पटक पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको छ । 

मङ्गलबार इस्लामावादस्थित विशेष अदालतले मुर्सरफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो । 

लामो समयदेखि चलिरहेको देशद्रोहको मुद्दामा बेन्चले २–१ को हिसाबमा मृत्युदण्ड दिइएको हो । फैसलाको पूर्ण पाठ ४८ घण्टाभित्र जारी गरिनेछ । 

पूर्व सैन्य प्रमुख अहिले दुबईमा बसोबास गरिरहेका छन् । सन् २००७ नोभेम्बर ३ मा संकटकाल लागु गरेको आरोपमा मुर्सरफविरुद्ध सन् २०१३ देखि देशद्रोहको मुद्दा चलिरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप