शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्या भट्टराईले लिइन् सांसदको सपथ

मङ्गलबार, ०१ पुस २०७६, १३ : १२
मङ्गलबार, ०१ पुस २०७६

काठमाडौँ । गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले सांसद पदको सपथ लिएकी छिन् । 

सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले मपद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । 

सांसदहरुलाई सभामुखले सपथग्रहण गराउने प्रचलन भएपनि यतिखेर सभामुख नभएकाले भट्टराईलाई उपसभामुखबाट शपथ ग्रहण गराइएको हो । 

संविधानको धारा ९१ को चारमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने उल्लेख छ । 

कस्की–२ को उपचुनावमा भट्टराई नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई  हराउँदै विजयी भएकी थिइन् । 

उनले पौडेललाई ८ हजार ४०९ मतान्तरले पराजित गरेकी  हुन् । भट्टराईले २४ हजार ३९५ मत प्राप्त गरेकी थिइन् भने  पौडेलले १५ हजार ९८६ मत ल्याएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप