केन्द्रीय संस्करण

सर्‍यो शिवहरीको ‘लक्का जवान’

person explore access_timeपुस १, २०७६ chat_bubble_outline0

काठमाडौं । हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘लक्का जवान’को रिलिज परिवर्तन भएको छ । 

यस अगाडि चैत ७ गते प्रदर्शन मिति घोषणा भएको फिल्म सरेर २१ चैत पुगेको छ । वितरकसँगको सरसल्लाहमा फिल्मको रिलिज डेट सारिएको निर्देशक  पौडेलले जानकारी दिए ।

आमा बंगलामुखी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुति तयार भएको छ । 

किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा सुरेन्द्र केसी र दिपेन्द्र खनिया हुन् ।

किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहेको ‘लक्का जवान’ केही पाका उमेरका मानिसहरुको कथाको बिषयमा बनेको हो । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.