शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

जनता, केवल जनता नै राष्ट्र रक्षक !

नेपाल आज पनि बहादुर जनता र कायर शासकहरुको देश
मङ्गलबार, ०१ पुस २०७६, ११ : १७
मङ्गलबार, ०१ पुस २०७६

हामी सीमाको कुरा गर्दैछौँ । समाजवाद साम्यवादमा आस्थावान् हामी जनता पनि सीमाको कुरा गर्दैछौँ । दिल्लीका बादशाहहरुलाई आरती उतार्नेतिर नलागेर हामी नेपाली जनता बारम्बार सीमाकै कुरा गर्दैछौँ । किन ? प्रश्न हाम्रो मनमा पनि नउठ्ने होइन । उठ्छ । सीमाको कुरा गर्नु र लाठी, गोली खानु हाम्रो रहर होइन । “आफूलाई कम्युनिस्ट भन्ने, सीमाको कुरा गर्ने ?” नेपालका काँग्रेसीहरुले त विगत सुस्ता काण्डदेखि नै हामीसित यो प्रश्न गर्दैआएका हुन् ।

मानवताले सभ्यताको शिखर टेक्नुपर्ने यस एक्काइसौँ शताब्दीमा आएर पनि हामी किन सीमाकै कुरा गरिरहेका छौँ ?  किन छिमेकीले साँध मिचेको र हाम्रो जग्गा कब्जा गरेको गुनासो गरिरहेका छौँ ? किन भने यो एक्काइसौँ शताब्दीमा आइपुग्दासम्म पनि संसारमा साम्राज्यवाद मरेन । मरेको छैन । साम्राज्यवादको उत्तराधिकारी विस्तारवाद पनि मरेको छैन । दुर्भाग्यवस हाम्रो मुलुक नेपालको छिमेकी विस्तारवादी भारत छ ।


छिमेकी भारत विस्तारवादी नभएको भए, त्यसले पूर्वदेखि पश्चिमसम्म सयौँ ठाउँमा नेपाललाई निरन्तर रूपमा नकोपरेको भए, सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरा नहडपेको भए हामी नेपाली जनताले विस्तारवादका विरुद्ध सडकमा निस्केर यसरी चिच्याउनुपर्ने थिएन । सीमा सीमा भनिरहनु पर्ने थिएन ।


छिमेकी भारत विस्तारवादी नभएको भए, त्यसले पूर्वदेखि पश्चिमसम्म सयौँ ठाउँमा नेपाललाई निरन्तर रूपमा नकोपरेको भए, सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरा नहडपेको भए हामी नेपाली जनताले विस्तारवादका विरुद्ध सडकमा निस्केर यसरी चिच्याउनुपर्ने थिएन । सीमा सीमा भनिरहनु पर्ने थिएन ।

चोरहरु घरमा पसेर चोरिरहेको देखेपछि घरपरिवारभित्र ब्युँझेका सदस्यले बार्दलीमा निस्केर, धुरीमा उक्लेर जहाँबाट जसरी पनि गुहार लगाउनु स्वाभाविक हो । यहाँ त हाम्रो जमिनमाथि दिनदहाडै हाक्काहाक्की डकैती भइरहेको छ । हामी लुटिइरहेका छौँ । हाम्रो सीमा क्षेत्रको सैयौँ वर्ग किलोमिटर जमिन विस्तारवादी भारतको कब्जामा पुगेको छ । यति हुँदा पनि भारतीय चेलीको अँगालोमा परमानन्द तापेर निदाएका कतिपय भारतीय जमाइँसापहरुको निद्रा बिथोलिएला भनेर हामी सीमामा थप्पड, झाप्पड र लुटान भोगिरहेका नेपाली देशभक्तहरुले चुपो लाग्न मिल्छ र ?

चुपो लाग्न मिल्दैन । मिलेन । बिचरा केही कामान्धहरुले आफ्नो अँगालो र न्यानोबाहेक केही देखेनन् भन्दैमा र अन्य कतिपय दलालहरुले आफ्नो स्वार्थबाहेक केही देखेनन् भन्दैमा हामी तीन करोड देशभक्त नेपालीले भारतीय विस्तारवादको अत्याचारलाई अत्याचार नभन्न मिलेन । चुपो लाग्न मिलेन । यहाँ त राष्ट्र र राष्ट्रियताको कुरा छ । सार्वभौमिकताको कुरा छ । मुलुक मिचेको कुरा छ । तिमी अँगालो र न्यानोको कुरा गर्छाैं ? शासकीय वर्गगत स्वार्थका कुरा गर्छौं ? दलालका नाफा नोक्सानका कुरा गर्छांै ? सम्झेर ल्याउँदा तिमीप्रति टिठ लाग्छ । धिक्कार लाग्छ ।


चुपो लाग्न मिल्दैन । मिलेन । बिचरा केही कामान्धहरुले आफ्नो अँगालो र न्यानोबाहेक केही देखेनन् भन्दैमा र अन्य कतिपय दलालहरुले आफ्नो स्वार्थबाहेक केही देखेनन् भन्दैमा हामी तीन करोड देशभक्त नेपालीले भारतीय विस्तारवादको अत्याचारलाई अत्याचार नभन्न मिलेन । चुपो लाग्न मिलेन ।


तिमीले पनि कति चाहिँ बुझ्नै पर्छ भने जनता त मुलुकको अन्तिम रक्षक हो । रक्षकले चुपोलाग्न मिलेन र नै कराएको हो । जनताले ज्यान दिएर पनि देशको रक्षा गर्छ । गर्दैआएको छ । हिजो अङ्ग्रेजी साम्राज्यवादसँग लडेको नेपाली जनता आज विस्तारवादी भारतसँग पनि लड्न सक्छ । विधि पुर्याएर लड्छ । मेसो मिलाएर लड्छ । आफ्नो जमिन आफ्नो नबनाइँदासम्म नेपाली जनता लड्छ ।

हामीलाई थाहा छ,  भारतीय जनता हाम्रा मित्र छन् । तिनीहरु आफैं पनि त्यहाँका शासक वर्गबाट पीडित छन् । शोषित छन् । प्रताडित छन् । भारतीय जनतासँग हामी नेपाली जनताको शताब्दियौँदेखिको मित्रताको सम्बन्ध छ ।  धार्मिक सांस्कृतिक सम्बन्ध छ । पारिवारिक सम्बन्ध छ । हामी तिनै तिनै खोलाका पानी खाएर बाँचिआएकाहरु हौँ । नेपाल पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र लुम्बिनीधामको मुलुक । नेपालमाथि भारतीय जनताको अगाध आस्था छ । सम्मान छ । भारतीय शिक्षण संस्थान र धार्मिक संस्थानहरूप्रति हामी नेपाली जनता पनि त्यत्तिकै आस्था सम्मान व्यक्त गर्दै आएका छौँ । भारतीय जनता र नेपाली जनताबीच आपसमा मायाममताको सम्बन्ध छ । सौहार्दको सम्बन्ध छ । हामी एकअर्काका दुःखमा दुःखी  हुँदै सहयोग गर्दै आएका छौँ । नेपालमा भारत सरकारले नाकाबन्दी लगाएका बेला भारतीय जनताले नेपाली जनतालाई आवश्यक साधन सामग्री सुटुक्क आदानप्रदान गरेर सघाएका अमीट सम्झनाहरु हामीसँग छन् । सघाउँछन् । भारतीय विस्तारवादले नेपाली जनमिन कब्जा गरेको पटक्कै मन नपराउने जनता भारतमै पनि धेरै छन् । ती जनता हाम्रा मित्र हुन् ।


नेपालमा भारत सरकारले नाकाबन्दी लगाएका बेला भारतीय जनताले नेपाली जनतालाई आवश्यक साधन सामग्री सुटुक्क आदानप्रदान गरेर सघाएका अमीट सम्झनाहरु हामीसँग छन् । सघाउँछन् । भारतीय विस्तारवादले नेपाली जनमिन कब्जा गरेको पटक्कै मन नपराउने जनता भारतमै पनि धेरै छन् । ती जनता हाम्रा मित्र हुन् ।


हाम्रो विवाद भारतीय विस्तारवादसँग हो । भारतीय जनतासँग होइन । हामीलाई थाहा छ, हामीलाई सधैँ तन्नम् गरिब रहन बाध्य बनाउने भारतीय विस्तारवाद हो । हामी भारतीय विस्तारवादबाट बहुआयामिक रूपमा लुटिएका छौँ । यत्रतत्र सर्वत्र लुटिएका छौँ । हाम्रो प्रगतिको एक एक कदममा भारतीय विस्तारवाद बाधक बन्दै आएको छ । हामी विगत सत्तरी वर्षदेखि भारतीय विस्तारवादबाट पीडित छौँ ।

   हामी नेपाली जनता सडकमा निस्केर भारतीय विस्तारवाद मूर्दावाद भन्छौँ । जगत् संसारले सुनुन् भनेरै हामी चिच्याउँछौँ । भारतीय विस्तारवादले हाम्रो जमिन हडपेको छ । हाम्रो सार्वभौमिकता मिचेको छ । हाम्रो भाग्यभविष्यमाथि डाका डालेको छ । यस्तो हुँदा पनि हामी नेपाली जनता नचिच्याउँ ? यो कसरी हुन सक्छ ?

   हामी शान्तिप्रिय नेपालीहरु शान्त रहन नपाएरै चिच्याएका हौँ । चिच्याउन रहर लागेर चिच्याएका होइनौँ । यसरी चिच्याउनु हाम्रो बाध्यता हो । मर्मान्त पीडाको प्रहारमा ‘ऐया ! पापीले हान्यो, मा¥यो !! गुहार गुहार !!!’ भन्नु हाम्रो बाध्यता हो । हाम्रो गुहार राष्ट्रिय अन्तर्राष्ट्रिय सबै कानहरुसम्म हाम्रो पीडाको सूचना पुर्याउनका लागि हो । कतैबाट न्याय सम्बोधन होस् भन्ने अभिप्रायमा पनि प्रवाहित भएको हो हाम्रो आवाज ।

जनताले यत्रो आवाज र ऊर्जा दिँदा नेपाल सरकार अझै किन सपनामै छ ? किन जर्याकजुरुक उठ्दैन ? भारतीय विस्तारवादले नेपाली जमिन माथि गरेको अतिक्रमण र कब्जाका विरुद्ध प्रभावकारी आवाजमा किन बोल्दैन ? राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट तदारुक पहल किन गर्दैन ? बुच्चे नक्सालाई चुच्चे बनाउनसम्म पनि किन भ्याउँदैन ? जनतासँग प्रश्नहरु उम्रन थालेका छन् । जिज्ञासा जाग्न थालेको छ । भारतीय विस्तारवादले एक एक गरेर मुलुकको जमीन हड्पेर नेपाल चोइट्याउनुको चोट हाम्रा सत्तासीनहरुको मनमस्तिष्कमा अनुभूत हुँदैन ? हाम्रा सत्तासीनहरु संवेदनहीन नै भइसकेका हुन् ? जिज्ञासा स्वाभाविक छ । हामी नेपाली जनता अझै प्रतीक्षामा छौँ ।


जनताले यत्रो आवाज र ऊर्जा दिँदा नेपाल सरकार अझै किन सपनामै छ ? किन जर्याकजुरुक उठ्दैन ? भारतीय विस्तारवादले नेपाली जमिन माथि गरेको अतिक्रमण र कब्जाका विरुद्ध प्रभावकारी आवाजमा किन बोल्दैन ? राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट तदारुक पहल किन गर्दैन ? बुच्चे नक्सालाई चुच्चे बनाउनसम्म पनि किन भ्याउँदैन ?


हामीलाई थाहा छ हाम्रो नेपालमा नेपाली दानापानी खाएर भारतीय विस्तारवादको बग्गी तानिहिँड्ने घोडाहरु पनि नभएका होइनन् । ती अस्ति थिए । हिजो थिए । आज पनि छन् । राजनीतितन्त्रमा छन् । कर्मचारीतन्त्रमा छन् । ती छन् र नै त नेपालको चुच्चो कटाएर बुच्चो नक्सा छाप्छन् । सीमा सुरक्षामा खटाइनुपर्ने सुरक्षाकर्मीहरु आफ्नै वरिपरि हिँडाएर शान दिनेहरु पनि छन् । नेपालमा रहेर नेपाली दानापानी खाएर नेपालकै उछित्तो पारिबस्ने विविध रङ्गढङ्गका धमिरा पनि छन् । विभिन्न आवरणमा क्रियाशील भारतीय विस्तारवादका दलालहरु पनि छन् । दलालहरु स्वभावतः कायर हुन्छन् । कायरहरु पनि छन् । तिनैबीच राष्ट्र राष्ट्रियता र देशभक्तिका पक्षमा धाराप्रवाह भाषण गर्न सक्ने नेताहरु पनि छन् । उच्च पदस्थ माननीय, महामाननीयहरु पनि छन् । यिनैबीच एकाध देशभक्त र स्वाभिमानीहरु पनि छन् । हामी जनताको आशा भरोसा यिनै देशभक्त र स्वाभिमानीहरुमाथि छ ।

हामी नेपाली जनतालाई थाहा छ, नेपालमा सत्तापक्ष प्रतिपक्ष र तिनका वरिपरि कमिसनखोर, तस्कर, दादा र गुण्डाहरु छन् । भ्रष्टाचारमा टुप्पीसम्म डुबेकाहरु छन् । आमूल भ्रष्टहरु छन् । यिनै बाटोबाट बनेका नवढनाढ्यहरु छन् । यिनीहरु भारतीय नाकाबन्दीलाई नाकाबन्दी भन्न सक्दैनन् । अतिक्रमणलाई अतिक्रमण भन्न सक्दैनन् । कब्जालाई कब्जा भन्न सक्दैनन् । अन्तर्राष्ट्रिय तहसम्म पुग्न परे पनि पुगेर विस्तारवादलाई सबक सिकाउने हिम्मत त यिनका मनमस्तिष्कका कारखानामा उत्पादन नै हुँदैन । यी एक किसिसमका विचराहरु हुन् । यिनलाई आफ्नै धनसम्पत्ति र जहानपरिवारको चिन्ता छ । प्रेयसी र प्रियजनहरुको चिन्ता छ । आफ्ना सन्तानका पढाइ र प्रगतिको चिन्ता छ । देश र जनताको चिन्ता छैन । यिनीहरु भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्न आँट गर्दैनन् डराउँछन् । यिनीहरु नाकाबन्दीलाई योगासन ठान्छन् । सीमा अतिक्रमणलाई उड्डयानबन्ध ठान्छन् । यिनीहरुमा विवेक र संवेदनशीलताको पक्ष गायव छ ।

हामी जनतालाई थाहा छ सुगौली सन्धिपछि नेपालको राज्यसत्तामा प्रायः कायरहरु नै हाबी रहिआएका छन् । बहादुरहरुको स्थान रहेको छैन । भ्रष्टहरु र आत्मकेन्द्रित कायरहरुको बर्चस्व रहँदै आएको छ । राजनीतिक नामहरु फेरिएका छन् । सत्ताको चरित्र फेरिएको छैन । फलतः नेपाल आज पनि बहादुर जनता र कायर शासकहरुको देशका रूपमा रहेको छ । यसै भएर त व्यापक जनताले आवाजमाथि आवाज उरालेर ऊर्जा दिँदा पनि सरकार भारतीय विस्तारवादसँग आँखामा आँखा जुधाएर आफ्नो आधिकारिकता बोल्न सकिरहेको छैन । बुच्चे नक्सालाई चुच्चे बनाउन सकिरहेको छैन । आफ्नो मुलुकको सीमा सुरक्षामा आफ्नो देशको सेना पठाउन सकिरहेको छैन ।


हामी जनतालाई थाहा छ सुगौली सन्धिपछि नेपालको राज्यसत्तामा प्रायः कायरहरु नै हाबी रहिआएका छन् । बहादुरहरुको स्थान रहेको छैन । भ्रष्टहरु र आत्मकेन्द्रित कायरहरुको बर्चस्व रहँदै आएको छ । राजनीतिक नामहरु फेरिएका छन् । सत्ताको चरित्र फेरिएको छैन । फलतः नेपाल आज पनि बहादुर जनता र कायर शासकहरुको देशका रूपमा रहेको छ ।


सधैँझैं आज पनि विस्तारवादले सोचेको छ, ‘केही दिनको सडकजात्रा हो । हेर्दै जानुपर्छ । आपैm हराउँछ ।’ ठीक त्यसै शैलीमा नेपाल सरकारले सोचेको छ ‘कूटनीति, कूटनीति भन्दै अलमल्याउनु पर्छ । अलि बढी कराए भने प्रहरी बल प्रयोग गरेर टाउका टाउकामा ठोक्नुपर्छ । केही दिनको सडक जात्रा हो । हेर्दै जानु पर्छ । ठोक्दै जानुपर्छ । आपैm ठीक हुन्छ ।’

यहाँनिर उदेक लाग्दो तर उदेक नमान्नुपर्ने कुरा के छ भने त्यहाँका र यहाँका सत्तासीनहरुको चिन्तनमा धेरै समानताहरु छन् । यी भारतीय विस्तारवादका हितमा क्रियाशील समानताहरु हुन् । सत्ताासीनहरु आफ्नै वर्गीय स्वार्थमा निर्लिप्त रहँदासम्म यस्ता समानता स्वाभाविक नै रहन्छन् । यस्तो स्थितिमा हामी सचेत जनताले चुप लागेर बस्न मिल्दैन । बस्नै हुँदैन । नत्र त हुँडार हुँडार मिलेर र जनता खान पनि सक्छन् । कब्जा पचाउन पनि सक्छन् । संसारमा साम्राज्यवाद विस्तारवाद रहेसम्म हाम्राजस्ता मुलुकका सीमा सुरक्षित रहँदैनन् । भूमि सुरक्षित रहँदैनन् । जनता सुरक्षित रहँदैनन् । हामी जनताले सचेत रहनै पर्छ ।

निष्कर्षमा जनता केवल जनता नै राष्ट्र, राष्ट्रियता र सीमाका रक्षक हुन् । जनता आफ्नो रक्षक पनि आपैm हो ।

विस्तारवादी भारतबाट परिवेष्ठित हुन पर्नु नै नेपालको भयङ्कर दुर्भाग्य हो । विस्तारवादी भारतकै कारण नेपालले गरीबीको भवसागर कहिल्यै पार गर्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्तिबन्धु
मुक्तिबन्धु
लेखकबाट थप