विद्या भट्टराईले आज सांसदको सपथ लिने
मङ्गलबार, ०१ पुस २०७६, १० : ३०
काठमाडौँ । गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद विद्या भट्टराईले पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछिन् ।
सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले मङ्गलबार दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।
सांसदहरुलाई सभामुखले सपथग्रहण गराउने प्रचलन भएपनि यतिखेर सभामुख नभएकाले भट्टराईलाई उपसभामुखबाट शपथ ग्रहण गराउन लागिएको हो ।
संविधानको धारा ९१ को चारमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने उल्लेख छ । तर संविधानमा कार्यवाहक सभामुखको व्यवस्था कहीँ कतै छैन । सोही धारालाई टेकेर उपसभामुख तुम्वाहाङ्फेले सभामुखको हैसियतमा शपथ ग्रहण गराउन लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगियो
-
लाखौँको अवैध काठसहित पिकअप भ्यान बरामद
-
‘पीजी’ पढ्ने डाक्टर र कलेज सञ्चालकबिच निर्वाह भत्ताको विवाद : मध्यमार्गी बाटो खोज्दै सरकार
-
एप्पलले पायो अनौठो सेक्युरिटी क्यामराको प्याटेन्ट
-
पाथीभरा मन्दिरका पुराना घण्टी लिलाम बिक्री गरिँदै
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दरखास्त आव्हान