सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्या बढ्यो

मुलुकी संहिताले दिएको अधिकार प्रयोग गर्दै दाङमा पनि पुरुष सम्बन्धविच्छेदका लागि अदालत पुग्ने गरेका छन् । चालू आर्थिक वर्ष २०७६/७७ को मङ्सिरसम्म जिल्ला अदालतमा १८४ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेका छन् ।
मुलुकी संहिताले सम्बन्धविच्छेदका लागि पुरुष पनि सोझै अदालतमा जान सक्ने व्यवस्था गरेपछि पुरुष पनि सम्बन्धविच्छेदका लागि अदालत जाने गरेका हुन् । जम्मा ४७२ सम्बन्धविच्छेदका मुद्दा परेकामा २८८ महिलाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेको दाङ देउखुरी जिल्ला अदालतका श्रेस्तेदार धनीप्रसाद चापागाईले बताए ।
दर्ता भएका मुद्दामध्ये १५० मुद्दा फछ्र्योट हुन बाँकी रहेको श्रेस्तेदार चापागाईँले बताए । तीन सय २२ मुद्दा भने फछ्र्योट भइसकेका उनको भनाइ छ । गत वर्षको तुलनामा सम्बन्धविच्छेदका घटनामा वृद्धि हुँदै गएका उनको भनाइ छ ।
सम्बन्धविच्छेदका लागि निवेदन दिने पुरुषले श्रीमतीले घर–व्यवहार चलाउन नसकेको, आफू वैदेशिक रोजगारीमा रहँदा घरमा सम्पत्ति हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध जोडेको कारण देखाउँदै मद्दा दिएको श्रेस्तेदार चापागाईंले जानकारी दिए । दाङ देउखुरी जिल्ला अदालतका अनुसार पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, प्रेमविवाह र नयाँपुस्ता आफूहरु स्वतन्त्ररूपमा रहन चाहनु नै सम्बन्धविच्छेदका प्रमुख कारण रहेको चापागाईंले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि भारतले जिते पनि गोल्डेन ब्याट, गोल्डेन बल र सर्वोत्कृष्ट खेलाडी न्युजिल्याण्डको पोल्टामा
-
गर्मीमा भुलेर पनि खान हुँदैन यी पाँच कुरा
-
कमल थापाले बोलाए पदाधिकारी बैठक
-
मिलन नेवारलाई भारतमा 'स्वर कोकिला लता मंगेशकर सम्मान'
-
‘जरिबाना राजसंस्था र राप्रपाप्रति बालेनको वक्रदृष्टि हो, हामी एक लाख तिर्दैनौँ’
-
च्याम्पियन्स ट्रफी जितेपछि भारतीय कप्तान शर्माले भने– यस्ता भ्रम नफैलाइयोस्