मंगलबारको मौसमः तराईमा बाक्लो हुस्सु, देशैभरी चिसो बढ्यो

मौसम पूर्वानुमान महाशाखाले मौसमको पूर्वानुमान जारी गरेको छ । महाशाखाले तराईका विभिन्न स्थानमा र पहाडी र हिमाली क्षेत्रको मौसको आज दिनभरीको अवस्थाको बारेमा जानकारी दिएको छ ।
मौसम पूर्वानुमानका अनुसार नेपालमा आज कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन । मंगलबार देशको पहाडी भू–भागहरुमा आंशिक बदली हुने र तराईका भु–भागहरुमा हुस्सु र कुहिरो लागेको छ ।
दिनभरी देशको पूर्वी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यता सफा रहने र राति देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ । यद्यपि, देशभरी नै चिसो बढेको छ । चिसोले दैनिक जीवनयापन कष्टकर बन्दै गएको छ ।
यसैगरी, तराईका अधिकांश भू–भागहरुमा बाक्लो हुस्सु लागेको छ । पहाडी क्षेत्रहरुमा पनि सामान्य हुस्सु लागको छ । मौसम पूर्वानुमानले आगामी २४ घण्टाको लागि शित लहरको सम्भावना नरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ
-
प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य
-
चीनमाथि अमेरिकाले लगायो १४५ प्रतिशत ट्यारिफ
-
इस्लामाबाद र लाहोरबिच उद्घाटन खेल, डेभिड वार्नरदेखि केन विलियम्सनसम्म विदेशी खेलाडी
-
दार्चुलाका शिक्षकले मासिक रुपमा पाउन थाले तलब, भत्ता
-
प्राविधिकतर्फ प्रहरी जवान पदमा भर्ना खुल्यो, कसरी दिने आवेदन ? (सूचनासहित)