शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता संशोधन कानूनः अक्षय कुमारले किन माने आफ्नो गल्ती ?

मङ्गलबार, ०१ पुस २०७६, ०७ : ३२
मङ्गलबार, ०१ पुस २०७६

भारतको जामिया युनिभर्सिटी । दिल्ली युनिभर्सिटी । जेएनयू । टिआईएसएस । अलिगढ मुस्लिम युनिभर्सिटी । लखनउको नदवा कलेज । हैदराबादको उर्दू युनिभर्सिटी, आईआईटी चेन्नई ।

नागरिकता संशोधन कानून लागू गरेको विषयमा भारतका विभिन्न विश्वविद्यालय तथा कलेजमा विरोध प्रदर्शन भइरहेको छ ।

दिल्लीको जामिया युनिभर्सिटीका विद्यार्थीको विरोध प्रदर्शनपछि हिंसाको घटना निकै बढेको छ । जामिया मिल्लियाकी सह–अध्यक्ष नजमा अख्तरले भनिन्, ‘पुलिस बिना अनुमती युनिभर्सिटीमा प्रवेश गरेको थियो । घटनाको निकै छिटो एफआईआर दर्ता गरिनेछ ।’

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गृहमन्त्री अमित शाहसँग भेट्नका लागि समय माग गरेका छन् । प्रधानमन्त्री मोदीले सोमबार दिउँसो ट्वीट गरे, ‘शान्ति र भाइचारा स्थापित गर्न आवश्यक छ । यस्ता अफवाहमाथि विश्वास नगर्न मेरो अपिल छ । नागरिकता संशोधन कानून (सिएए)को विषयमा भइरहेको विरोध प्रदर्शन दुर्भाग्यपूर्ण छ ।’

दिल्लीको जामियामा आइतबार जब यो विरोध प्रदर्शन भइरहेको थियो तब प्रधानमन्त्री मोदी झारखण्डमा चुनावी र्‍याली गरिरहेका थिए । उक्त र्‍यालीमा मोदीले भने, ‘यो आगलागी जसले गरिरहेका छन्, टिभीमा उनीहरुको जुन दृश्य आइरहेका छन्, यो आगो लगाउने को हुन् ? यो उनीहरुको पहिरनले नै चिनिन्छ । कांग्रेसका मानिसहरु, उनीहरुका साथी र हाम्रो विरोध गर्नेहरुले यो बुझ्न जरुरी छ कि आगलागीको कोसिसको समर्थन गर्नेहरुलाई देशले हेरिररहेको छ ।’

मोदीको यो बयान र विरोध प्रदर्शनको सोसल मिडियामा निकै चर्चा भइरहेको छ । यसमा सर्वसाधारणदेखि अक्षय कुमार, राजकुमार राव, अनुराग कश्यपसमेत थुप्रै फिल्मी हस्ती समावेश छन् ।

मोदीको बयानमाथि प्रतिक्रियाः

मोदीको यो बयानमाथि बीबीसी हिन्दीले सवाल जवाफ गरेको छ । यसमा हज्जारौं प्रतिक्रिया आएको बीबीसीले बताएको छ ।

सप्पन मित्तलले मोदीको बयानबारे लेखे, ‘निकै गैर–जिम्मेवारीयक्त बयान हो ।’

शिवानी मिश्रा लेख्छिन्, ‘तपाईंलाई प्रधानमन्त्री बनाएर निकै ठूलो गल्ती भयो । एक वर्ष मात्रै पुगेको छ । थाहा छैन पाँच वर्ष हामी कसरी बिताउने छौं ।’

मितुल चौधरीले लेखे, ‘हो सही भने । यी मानिसहरु खाकी पोसाकमा थिए ।’

रवि शंकर लेख्छन्, ‘यस्तो बयानको अर्थ के हो ? प्रधानमन्त्रीको कुर्सीमा बस्ने व्यक्तिले यस्तो भन्नु कति सही हो ?’

ट्वीटरमा #ISupportDelhiPolice, #CAAProtests , #ISupportAkshay   र #HindusAgainstCAB टप ट्रेन्डमा छ । कतिले पुलिस कारवाहीलाई सही बताइरहेका छन् ।

राकेश अग्रवालले लेखे, ‘दिल्ली पुलिसलाई सलाम ।’

सूर्या सिंह लेख्छन्, ‘दिल्ली पुलिससँग कोही पनि छैन किनभने उनीहरु भोट बैंक होइनन् ।’

विद्यार्थीको प्रदर्शनः बलिउडको मौनता र प्रतिक्रिया

यो पूरा मामलामा बलिउडका एक तप्काले आफ्नो प्रतिक्रिया दिएका छन् । यद्यपि, कति ठूला नामले अहिले पनि आफ्नो मौनता कायम राखेका छन् ।

फिल्म निर्माता अनुराग कश्यप निकै लामो समयदेखि ट्वीटरबाट गायब थिए । अब अनुराग यो प्लेटफर्ममा फिर्ता भएका छन् ।

अनुराग कश्यपले लेखे, ‘मामला निकै बढिसकेको छ । अब चुप बस्न सकिँदैन । यो सरकार पूर्ण रुपमा फासीवाद हो । मलाई यो कुराले रिस उठिरहेको छ कि जो व्यक्तिले केही परिवर्तन ल्याउन सक्छन् उनीहरु चुप छन् ।’

नायक राजकुमार रावले ट्वीट गरे, ‘विद्यार्थीको मामलामा पुलिसले जसरी हिंसाको प्रयोग गरे म त्यसको विरोध गर्छु । लोकतन्त्रमा सबैलाई विरोध प्रदर्शन गर्ने अधिकार छ । सार्वजनिक सम्पत्तिमाथि जुन प्रकारको हानी पुर्‍याइएको छ, म त्यसको पनि विरोध गर्छु । हिंसा कुनै पनि कुराको समाधान हुन सक्दैन ।’

महेश भट्टले जे कृष्णमूर्तिले भनेको कुरा ट्वीट गरेका छन्, ‘यदि तपाईंभित्र स्नेह छैन भने तपाईंले चाहे जे सुकै गर्नुहोस्, सबै भगवानको पूजा गर्नुहोस् । सामाजिक कार्य गर्नुहोस् । गरिबको मद्दत गर्नुहोस्, राजनीतिमा जानुहोस्, कविता वा किताब लेख्नुहोस् । तपाईं एक मृत व्यक्ति हुनुहुन्छ । प्रेम बिना तपाईंको समस्या बढ्नेछ... अनगिन्ती ।’

अक्षय कुमारले के गल्ती गरे ?

यी सबैबीच अक्षय कुमारको एक प्रतिक्रिया चर्चाको केन्द्रमा छ । यो प्रतिक्रिया थियो अक्षय कुमारको लाइक जुन एउटा यस्तो भिडियोमा थियो जसमा पुलिसले विद्यार्थीलाई पिटिरहेका थिए ।

उक्त लाइकपछि अक्षय कुमारलाई मानिसहरुले सोशल मिडियामा ट्रोल गर्न थाले । घटना बढ्दो देखेपछि अक्षय कुरमाले पनि ट्वीटरमा आफ्नो स्पस्टिकरण दिए ।

अक्षय कुमारले भने, ‘जामिया मिल्लिया स्टुडेन्सको भिडियो गल्तीपूर्वक लाइक गरिएको थियो । म स्क्रोल गरिरहेको थिएँ र गल्तीपूर्वक बटन थिचियो ।  महसुस भएलगत्तै मैले अनलाइक गरेँ । म यस्तो कुनै पनि घटनाको समर्थन गर्दिनँ ।’

गीतकार वरुण ग्रोवरले लेखे, ‘अब चाहे जेसुकै होस् यो तथ्य सधैं इतिहासमा रहेनेछ, केही काम नलाग्ने मानिसहरुले धर्मको नाममा यो महान देशलाई बाँड्ने कोसिसमा एक विश्वविद्यालयको सबैभन्दा पवित्र स्थल, पुस्तकालयमा पढिरहेका विद्यार्थीमाथि अश्रुग्याँस, लाठी र गाली बर्साए । वर्तमान धुमिल हुनेछ, इतिहास रहनेछ ।’

निर्देशक अनुभव सिन्हाले लेखे, ‘फिल्म, आर्ट, कला, खेल, राजनीति र साहित्यका आइकन्स । हामीले यो छान्यौं सकनभने हामी सरकारको नोकर बन्न चाहँदैनथ्यो । तर अब सबै सरकारी नोकर हौं । हाहाहा ।’

तापसी पन्नुले लेखिन्, ‘यो सुरुवात हो वा अन्त्य । यो जे सुकै होस् तर नयाँ नियम लेखिँदैछ । जो यसमा फिट हुँदैनन्, उनीहरुले परिणाम भोग्नेछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप